सस्तोमा किताब, छानी छानी

चाणक्यका पुस्तक मन पराउने पाठक अहिले पनि

पुस्तक प्रदर्शनीमा पुस्तक हेर्दै अवलोकनकर्ता । तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – पढ्नु परीक्षामा राम्रो अंक ल्याउनु मात्र होइन, आफूमा ज्ञान बढाउनु हो, विभिन्न विद्यामा ज्ञान बटुल्ने राम्रो माध्यम भनेको पुस्तक पढ्नु हो । किताब विमान हुन, रेल हुन् र बाटो हुन् ।

किताब गन्तव्य हुन् र यात्रा पनि । किताबहरु घर हुन् । अमेरिकी साहित्यकार एना क्वीनड्लिन पनि यसै भन्छिन कि, ज्ञान बढाउन चालिएको यो कदमले जीवनलाई कुन बेला उचाईमा पुर्‍याउछ भन्ने त्यो भन्न सकिँदैन ।    इन्जिनियरिङमा मास्टर्स सकेकी सनिता धौबन्जारलाई एकेडेमिक पढाई अब लगभग सक्किन लागेको जस्तो लाग्छ तर पढ्न सकिएको होइन । भृकुटीमण्डपमा गएको बिहीबारदेखि पुस्तक प्रदर्शनी भइरहेको छ । यहि प्रर्दशनीमा आइपुगेकी सनिता बिहीबार पुस्तक छान्दै थिइन् ।

उनको हातमा ४ ओटा नेपाली अंग्रेजी पस्तक थिए, सँगै भएको साथीसँग उनी किताबलाई देखाउँदै केही भन्दै थिइन् । यी दुई संगी भक्तपुरबाट भृकुटीमण्डपमा ग्लोबल एक्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिस प्राइभेट लिमिटेडले गरेको २२ औँ नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा उनीहरु केही फिक्सन, केही यथार्थका पुस्तकहरु संकलन गर्दैछन् ।

उनीहरु पुस्तक एक आपसमा साटेर, बाडेर पढ्ने गर्छन् । यस्तै एकले अर्कालाई किताबको पढ्न सल्लाह दिने । उनीहरुसँग इन्टरनेबाट किताब पढ्न मिल्ने ‘किन्डल’ एप्लिकेशन पनि छ । यसमाबाट डाउनलोड गर्ने अनि पढ्ने ।

तर समस्या के हो भने यो एप्लिकेशनमा नेपाली किताब पढ्न पाइदैन। उनीहरु भन्छन्, ‘अंग्रेजीमा जस्तो स्वाद नेपालीमा पाइँदैन तर नेपाली किताब अगाडि राखेर पढ्दाको मजा अर्कै छ । किताबको मेलामा जाँदा भने अर्कै आनन्द छ, सस्तोमा किताब पाइन्छ धेरै छान्न पाइन्छ।’

एक जना पौढ तीनै पुस्तकको स्टलमा घुम्दै थिए, अंग्रेजी दार्शनशास्त्रको पुस्तकलाई झोलामा प्याक गरेपछि उनले आफूलाई मन पर्ने किताबको बारेमा बताए । पहिले देखिनै पढ्ने उनको बानी थियो रे, जसलाई अहिलेसम्म निरन्तरता दिन सकेका छन् ।

नाकमा अडिएको चस्माले फुर्सदको समय निकालेर किताब पढ्नलाई मद्दत गरेको छ । उनले देख्दा अहिले पढ्ने र नपढ्ने मानिसहरुको जमात छुट्टिएको छ ।

नपढ्ने त पढ्दैनन् नै पढ्नेले आफूलाई पुस्तक र लेखकको बारेमा आफूलाई जानकार बनाएका नै हुन्छन् । अहिले पढ्ने जमातमा त्यो किसिमको ‘लेभल अफ अन्डरस्ट्यान्डिङ’ छ ।

पाँच पोखरी प्रकाशन गृहका एक कर्मचारी भने ‘हामीसँग २००० भन्दा बढि भेराईटिका, ५० भन्दा धेरै प्रकाशकको पुस्तक छ । यसमा राष्ट्रिय र अन्तराष्ट्रिय पुस्तक लेख्ने लेखकहरु छन्।’

कुनै बेला लेखको नाममा, काल बेला र देशको परिस्थिती अनुसार पनि पुस्तक बिक्ने गरेको उनले बताए । ‘अहिले चाणक्य पुस्तक मन पराउने पाठकहरु पनि भेटिन्छन् ।’

अहिले किताब छनौट गर्न सजिलो छ । धेरै पाठक र धेरै लेखक पनि । प्रदर्शनीले आफ्नो नारा नै ‘पढ्नलाई प्रेरणा’ भन्ने राखेको छ ।

पछिल्लो समय बढ्दै गएको इन्टरनेट र इ बुक प्रचनले पनि किनेर किताब पढ्ने प्रचलनमा प्रभाव पारेको हो की भन्ने पनि धेरै छन् तर आयोजकका सहायक निर्देशक केशव खत्रीले भन्छन्, ‘यो सबै पाठकमा भर पर्ने कुरा हो ।’

प्रदर्शनीमा ५९ ओटा स्टल छन् । जसमा साहित्य दर्शन, केही पाठ्यक्रमका र केहि अन्तराष्ट्रियसँगै केही धार्मिक पुस्तकहरु पनि राखिएका छन् । शैक्षिक, साहित्य, स्वास्थ्य, आफैले सिक्ने । विभिन्न विद्याको राजनीति अर्थ लगायतमा लेखिएका पुस्तकले प्रदर्शनी सजिएको छ ।

मानिसहरुलाई मन पर्ने किताब फिक्सनहरु नै हो । नेपालीमा पढ्ने बानीको विकास गराउन पनि प्रेरणा दिन पनि प्रदर्शनी गरिएको हो । पहिलो दोस्रो प्रदर्शनी भन्दा अहिले किताब किन्नेको सङ्ख्या धेरै रहेको खत्रीले बताए ।

पुस्तकको संसार नै बेग्लै, थोरै मान्छे मात्र आउछन् । यो एउटा सँस्कृति हो । यसलाई इन्टरनेटमा हुने इ बुककोले प्रतिस्थापन गर्न नहुने र गर्न दिन पनि नहुने उनले बताए ।

पाल्पा घर भएका निशान्त खनाल अर्थशास्त्रका विद्यार्थी हुन्, उनी राजनीति अर्थशास्त्र पनि पढ्छन् । उनले ३ कक्षामा हुँदा पहिलो पटक खैरेनी घाट भन्ने पुस्तक पढेका थिए, अहिले उनी स्नातकोत्तर पढ्दै छन् । हप्तामा एउटा किताब पढिभ्याउछन् ।

प्रदर्शनीमा आउनु भनेको धेरै किताबको बारेमा थाहा पाउनु हो । तर उनलाई यो प्रदर्शनीको प्रचार कम भएको जस्तो लाग्छ । यसले पाठकलाई किताबसँग जोडिन बाधा पारेको छ ।

तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

जेठ २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्