विकट बस्तीमा स्वास्थ्य सेवा

‘डाक्टर भेट्दा देवता भेटे जस्तो’

दाङ-राप्ती गाउँपालिका वडा नम्बर २ वाहुनि पाटा निवासि गुमि रानालाई पेट दुख्ने समस्या छ। पेट दुख्‍न थालेको लामो समय भयो तर, उपचारको लागि अस्पताल सम्म जान सकिएन्। गाउँमा बिशेषज्ञ डाक्टर आएपछि भने उनि उपचारको लागि पुगिन।

‘पेट दुख्ने समस्या छ। गाउँमा उपचार गर्ने ठाउँ छैन। लेख, बेसि झर्‍यो। उपचार गर्न अस्पताल जान गाडि भाडा धेरै खर्च हुन्छ’गुमिले भनिन्–‘गाउँमा डाक्टर भेट्दा देवता भेटे जस्तो लाग्यो।’

डल्लि मगरको हात खुट्टा झम झमाउने समस्या छ। यो समस्याको उपचारको लागि उनी सिसहनियासम्म पुगिन्। तर, निको भएन। अस्पताल जाने पैसा छैन। राजमार्गले गाउँपालिकाको बिचबाट हिडेको छ। तर, यही गाउँपालिकाको बिकट बस्तिका नागरिकहरु स्वास्थ्य सेवा वाट बञ्चित हुनु परेको छ।‘मेरो रोग निको हुन्छ कि ? सधैं यस्तै हो। डाक्टरलाई सोध्दै उहाँले भनिन्–‘गाउँमै डाक्टर भेट्न पाउदा खुसि लाग्यो।’

राप्ती गाउँपालिका वडा नम्बर २ को स्यानिघोष र वाहुनि पाटामा ७२ घर छन् । यहाँका नागरिकहरु महिला स्वास्थ्य स्वयम् सेविकाको भरमा छन्।महिला स्वास्थ्य स्वयम सेविका पिमा गाहा मगर गाउँलेहरुको ‘डाक्टर’ जस्तै बनेकि छिन्।

‘गाउँमा स्वास्थ्य क्लिनिक छैन्, म स्वास्थ्य स्वयम सेविका हुँ। केही भयो भने म कहाँ आउनुहुन्छ’उनले भनिन्–‘सिटामोल, जीवनजल घरमै राखेको छु। सामान्य रुघा, खोकि, ज्वरो आउदा औषधी दिन्छु। अलि धेरै विरामि भएमा अस्पताल जान सल्लाह दिन्छु।’

गाउँका नागरिकलाई बिशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न निशुल्क शिविर आयोजना गरिएपछि गाउँका नागरिक खुसि भए। शिविरमा आएका बिरामीको निशुल्क पाठेघरको क्यान्सर जाँच गरिएको छ।

‘हाम्रो गाउँमा डाक्टर ल्याउन सक्यौं। महिलाहरुमा पाठेघर सम्वन्धि समस्या रहेको जानकारी आएपछि शिविर राखेका हौं’ राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जगत थापाले भने–‘राजमार्गको छेउमा वसेका छौं तर, बिशेषज्ञ सेवा लिन सकेका छैनौं। घर दैलोमा बिशेषज्ञ डाक्टर ल्यायर यहाँका जनताको स्वास्थ्य सुधार गर्न खोजेका हौं।’

वडा कार्यालयले बर्षमा चार पटक बिकट बस्तिमा निशुल्क स्वास्थ्य शिविर राख्ने योजना रहेको उनले बताए। वाहुने पाटामा वडा कार्यालयको आयोजना, स्वास्थ्य शिक्षा, सचेतना, सामुदायिक स्वास्थ्य सस्था सिसहनिया र सिद्धार्थ बाल तथा महिला अस्पताल(आम्दा) बुटवलको प्राविधिक सहयोगमा शिबिर आयोजना गरिएको हो।

‘विकट वस्तीका महिलाहरुमा तल्लो पेट दुख्‍ने, सेतो पानी बग्ने जस्ता समस्या छन्। तर, उनीहरुले आफ्नो समस्या लुकाएर राख्ने समस्या छ’स्वास्थ्य शिक्षा, सचेतना, सामुदायिक स्वास्थ्य सस्थाका अध्यक्ष प्रकाश विष्टले भने-‘बिकट बस्तिका नागरिकको स्वास्थ्य सुधार गर्न चाहन्छौं। त्यही अनुसार गतिविधि अघि बढायका छौं।’

स्त्री रोग बिशेषज्ञ डाक्टर राजेन्द्र प्रसाद बस्यालले बिरामीको स्वास्थ्य जाँच गरे ।‘धेरैमा रगत बग्ने, फोहर पानी बग्ने, तल्लो पेट दुख्ने समस्या पाईएको छ । सहन सक्ने जति सहने, नसक्ने अवस्था भयो भने बल्ल अस्पताल पुग्ने समस्या छझडाक्टर बस्यालले भने–‘जनचेतनाको कमिले गर्दा पाठेघर जचाँउनु पर्छ भन्ने चेतनाको कमि छ।’

जेठ २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्