धनुषामा करेन्ट लागेर दाजु-भाईको मृत्यु

जनकपुरधाम- जनकपुरमा करेन्ट लागेर एकै घरका दुई दाजुभाईको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका १७ कनकपट्टी बस्ने बौका साहका २६ वर्षका छोरा सुरेन्द्र साह र २४ वर्षका विरेन्द्र साहको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार राति आफ्नै घरमा विजुलीको मेसिनरी समाजको मर्मत गरिरहेको बेला अचानक करेन्ट लागेपछि दाजुभाईको घटनास्थलमै मृत्यु भएको परिवारजनले जनाएको छ।

मृतक दाजुभाईको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीक कार्यालय धनुषाले जनाएको छ।

जेठ २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्