प्रहरीले थाल्यो १५ वटा म्यानपावर कम्पनीमाथि छानबिन

काठमाडौँ – महानगरीय प्रहरी परिसर ललितपुरले १५ वटा म्यानपावर कम्पनीमाथि छानबिन सुरु गरेको छ । प्रहरीले अनुसन्धानका क्रममा दोषी पाइएपछि वैदेशिक रोजगार विभागसँग थप विवरण माग गरेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जाहेरीपछि अनुुसन्धानका क्रममा खुल्न आएका ती म्यानपवार कम्पनीको विवरण आवश्यक परेको प्रहरीले जनाएको छ ।

प्रहरीले म्यानपवार दर्ता भए नभएको ? दर्ता गरेको भएको को कसको नाममा दर्ता रहेछ ? सञ्चालकहरु को को हुन् ? उनीहरुको यकिन नाम थर वतन सम्पर्क नम्बर समेत पठाउन वैदेशिक रोजगार विभागमा पत्रचार गरेको छ ।

यी हुन प्रहरीले अनुुसन्धान थालेको म्यानपावर कम्पनी

प्रतिवादी : शेरबहादुर सम्वाहाम्फे (लिम्बुु)

१) वल्ड भिजन म्यानपवार कुुपण्डोल ललितपुुर
२)एचडी एचआर म्यानपावर धोविघाट ललितपुर
३)अरोरा म्यानपावर कुपण्डोल ज्वागल ललितपुुर
४) चन्द्रमा म्यानपावर ठाडोढुुंगा धोविघाट ललितपुर
५) अल्फासिग्मा म्यानपावर काठमाडौँ

प्रतिवादी : मञ्जुु अधिकारी

१)तारा एचआर म्यानपावर कृष्णगल्ली ललितपुर
२)न्युु वल्र्ड ओभरसिज म्यानपावर चाकुपाट ललितपुर
३)लक्की एचआर म्यानपावर जावलाखेल ललितपुर
४) अरोमा म्यानपावर, गोरखा एचआर म्यानपावर पुल्चोक ललितपुर
५)लिभर THIR, म्यानपावर भनिमण्डल ललितपुर

प्रतिवादीः लक्ष्मण लिम्बुु (सुुव्वा)

१) इन्टरनेशनल म्यानपावर ग्वार्को ललितपुर
२) लक्की ओभरसिज म्यानपावर सानेपा ललितपुर
३) रिदम म्यानपावर एकान्तकुना ललितपुर
४)एपी म्यानपावर कुसुन्ती ललितपुर
५) लिभर्टी एचआर तत्काल भनिमण्डल हाल काठमाडौँ स्वयम्भुु, एसकेपी इन्टरनेशनल प्रालि ग्वार्को ललितपुर

जेष्ठ २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्