दलितको अधिकार सुनिश्‍चित गर्नेमा जोड

अधिकार विनाको समृद्धि असम्भव- मुख्‍यमन्त्री राउत

जनकपुरधाम-मुख्यमन्त्री लालबाबु राउतले दलितहरुको अधिकार सुनिश्चितताको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

राष्ट्रिय दलित नेटवर्क र दलित जनकल्याण युवा क्लबले बुधवार जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय पहिलो दलित संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले दलितहरुको अधिकार विनाको समृद्धि असम्भव रहेको बताए।

हातमा हात बाँधेर अधिकार पाउन नसक्ने बताउदै मुख्यमन्त्री राउतले आफ्नो अधिकारको लागि हाथ उठाएर अघि बढ्न दलित अगुवाहरुलाई आग्रह समेत गरेका छन्।

वर्षौदेखि दलित माथि हुँदै आएको विभेद अझै पनि हट्न नसकेको उल्लेख गर्दै मुख्यमन्त्र राउतले प्रदेश सरकार प्रदेशलाई छुवाछुत र विभेद मुक्त बनाउन प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा दलित अगुवा युक्तिलाल मरिक लाई बलदेव दास मानव मर्यादा पुरस्कारले सम्मान समेत गरिएको छ। विनोद कुमार विसुन्केको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य सुनिता राम, सुन्दर विश्वकर्मा सहित प्रदेश भरिका दलित अगुवाहरुले सहभागिता जनाएका थिए।

जेठ २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्