युरोपको सपना देखाएर टर्कीमा अलपत्र

काठमाडौं- युरोप पुर्‍याईदिने प्रलोभन देखाएर टर्कीमा लगेर अलपत्र पारेको आरोपमा चितवनका एक युवक पक्राउ परेका छन्। बघौडा, चितवनका २९ वर्षीय निरन्जन भट्टराईलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले काठमाडौंबाट पक्राउ गरेको हो।

भट्टराईले युरोपमा क्रुजमा काम लगाईदिन्छु भन्दै नेपाली युवालाई टर्कीमा लगाएर अलपत्र बनाएको आरोप छ। टर्कीमा पुगेपछि टेम्पोररी रेसिडेन्स कार्ड-टीआरसी बन्ने र त्यसको सहारालाई युरोपका देशहरुमा जान सकिने, पछि परिवार समेत लान मिल्ने भट्टराईको प्रलोभन थियो। उनले पिडितबाट जनहीँ ६ लाख ५० हजार रुपैयाँ उठाएको सीआईबीको आरोप छ।

मानव बेचविखन तथा ओसार पसार र ठगी मुद्दामा  अनुसन्धान अगाडी बढाईएको छ।

जेठ २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्