महिलामा थाइराइडको समस्या रोक्न के के गर्ने ?

विश्वभर दुई अर्ब मानिसमा आयोडिनको कमी रहेको अनुसन्धानकर्ताले बताएका छन् । महिलामा आयोडिनको कमीसँगै थाइराइडको समस्या पनि बढी देखिएको छ ।
महिलाको तुलनामा पुरुषमा यस्तो समस्या कम छ । हरेक तीनमा एक महिलाले जीवनमा ढिलो चाँडो यस्तो समस्या भोग्ने गरेको अनसन्धानकर्ताले दाबी गरेका छन् ।
पछिल्लो समय नेपालसहित विश्वभर नै थाइराइडको समस्या बढ्दै गएको छ । त्यसमा पनि महिलाको संख्या बढी रहेको छ । वंशाणुगत तथा वातावरणीय कारण, पोषण तथा जीवनशैलीका कारण थाइराइडको समस्या हुने गरेको छ ।
महिलामा घबराहट, एकाग्रतामा कमी, मुटुको चाल बढ्नु, तौल बढ्नु, शारीरिक पीडा, कोलेस्ट्रोलको मात्रा बढ्नु तथा महिनावारीमा गडबडी आउनुसहितका कुरा थाइराइडका लक्षण हुन् ।
यस्तै पुरुषमा थकान धेरै, डिप्रेसन, तौल बढ्नु, कपाल झर्नु, कब्जियत, निद्रा नपर्नु, यौन इच्छा कम हुनु तथा लिङ्गको उत्तेजनामा असन्तुलन हुनुसहितका लक्षण देखिन्छ ।
पुरुषमा भन्दा महिलामा थाइराइडको समस्या बढी देखिएकाले आज हामीले महिलामा थाइराइडको समस्या के गर्न सकिन्छ भनेर चर्चा गर्दैछौँ ।
१) तनाव कम गर्ने
लगातारको तनावले महिलामा हर्मोनको सन्तुलन बिगार्ने हुँदा सकेसम्म नकारात्मक तनाव कम गर्नु पर्छ । तनावमा भएका महिलामा थाइराइडको जोखिम बढी देखिएको छ ।
तनावमा रहेका बेला थाइराइड ग्ल्याण्डले राम्रोसँग काम गर्न नसक्ने भएकाले लगातारको तनावले समस्या निम्त्याउँछ ।
२) पाचन स्वास्थ्यमा सुधार ल्याउने
पाचन प्रणालीमा असर गर्ने र सजिलोसँग पाचन नहुने खाना सकेसम्म प्रयोग नगर्ने गर्नुपर्छ । प्रोटिन बढी भएका खाना, दुग्धन्य पदार्थ तथा स्वीट अल्कोहल सकेसम्म कम खानु पर्छ ।
फलफूल तथा गेडागुडी उपयुक्त हुने चिकित्सकले बताएका छन् । यस्तै आइरन पाइने खान बढी खानु पर्छ । यस्तै माछा, उमालेको दूध, काँक्रोसहितका खाने कुराको प्रयोग गर्ने ।
३) भिटामिन डी को प्रयोग बढाउने
भिटामिन डी को मात्रा पर्याप्त मात्रामा लिनु थाइराइडको समस्या कम गर्नका लागि निकै फाइदाजनक हुन्छ ।
भिटामिन डी कम भएमा थाइराइड डिसअडर हुन सक्छ । दिनमा १००० देखि ५००० आइयु सम्म भिटामिन डी लिनु उपयुक्त मानिन्छ ।
४) आयोडिनको मात्रामा ख्याल गर्ने
थाइराइड हार्मोन उत्पादनका लागि आयोडिनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसले गर्दा आफूले आयोडिन आवश्यक मात्रामा लिए नलिएको बारेमा ख्याल गर्नु पर्छ । यस्तै आयोडिनको मात्रा धेरै हुन पनि दिनु हुँदैन ।
५) प्रोटिनको मात्रा सन्तुलित गर्ने
प्रोटिन थाइराइड हर्मोनलाई सबै टिस्युमा पुर्याउनका लागि महत्वपूर्ण हुन्छ, जसले थाइराइडलाई राम्रोसँग काम गर्न सहयोग गर्छ ।
तर प्रोटिनको मात्रा आवश्यक भन्दा बढी भएमा थाइराइडको समस्या देखिन सक्छ ।
६) आवश्यक भन्दा बढी चिल्लो पदार्थ नलिने
शरीरमा फ्याट अर्थात चिल्लो पदार्थ आवश्यक हुन्छ । तर त्यो चाहिए भन्दा धेरै भएमा थाइराइडसहितका विभिन्न समस्या देखिन्छ ।
स्वस्थ फ्याटको मात्रा कम भएमा हर्मोनको सन्तुलन मिल्दैन, त्यसैले आवश्यक मात्रामा मात्रै चिल्लो पदार्थ पाइने खाना खानु पर्छ ।
७) धुम्रपान त्यागौँ
धुम्रपानका कारण थाइराइडको समस्या पनि देखिन सक्छ । किनकी चुरोटमा हुने निकोटिनले थाइराइड ग्ल्याण्डमा असर गर्ने र यसबाट थाइराइडको समस्या ल्याउन सक्छ ।
यस्तै थाइराइड भएका व्यक्तिले ब्रोकाउली, सोयाबिन, बदाम, काउली, बन्दा, सलगमसहितका खाने कुरा पनि खानु हुँदैन ।