प्रदेश २ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने

जनकपुरधाम – प्रदेश नं. २ सरकारले नीति तथा कार्यक्रम बिहीबार प्रदेशसभामा प्रस्तुत गर्दैछ । दिउँसो साढे १ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।

बैठकमा आउँदा प्रदेशका सबै सांसदलाई अनिवार्य रुपमा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा सभामा उपस्थित हुन आह्वान गरिएको छ ।

गएको मंगलबार बसेको प्रदेश २ को प्रदेशसभा बैठकमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले उठाएका आर्थिक वर्ष २०७५ ०७६ को नीति तथा कार्यक्रम सम्बन्धी पत्र पढेर सुनाउँदै सभामुख सरोज यादवले बिहीबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने घोषणा गरेका थिए ।

जेठ २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्