छोरा हृदयेन्द्र र छोरी कृतिकाका साथ पशुपतिनाथ पुगे पारस (२० तस्बिर)

पूर्वयुवराज पारस शाहका छोरा हृदयेेन्द्र शाह र कान्छी छोरी कृतिका शाह बिहीबार पशुपतिनाथ नजिकै मृगस्थलीमा रहेको गोरखनाथ मन्दिर परिसरमा। सबै तस्बिरहरु: बर्षा शाह
काठमाडौँ- पूर्वयुवराज पारस शाह बिहीबार दिउँसो छोरा हृदयेन्द्र शाह र कान्छी छोरी कृतिका शाह तथा धिरेन्द्र शाहका दुई छोरी पूजा शाह, दिलाशा शाहका साथ पशुपतिनाथको मृगस्थली पुगेका थिए। उनीहरुले त्यहाँ रहेको गोरखनाथ मन्दिरको दर्शन गरेका थिए।
पारसका साथ अरुले पनि गोरखनाथ मन्दिर परिसरमा आध्यात्मिक परिचर्चा गरेर समय बिताएका थिए। दिउँसो तीन बजे पुगेका उनीहरुले केही घण्टा त्यहाँ बिताएका थिए भने त्यहाँको अवलोकन पनि गरेका थिए।
देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले पूर्वयुवराज पारस शाह, उनकी छोरी र छोरा तथा धिरेन्द्रका छोरीहरुलाई क्यामरामा कैद गरेकी थिइन्।

   

जेष्ठ २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्