जस्तो बुवा उस्तै छोरा ! : रोनाल्डोले पनि सिक्नु पर्ने गोल कला रोनाल्डो जुनियरमा

उनका बुवा विश्वका सर्वोत्कृष्ट फुटबलर होलान् । पाँच पटक बालोन डी ओर पनि जिते होलान् । तर क्रिष्टियानो रोनाल्डो जुनियरमा पनि बुवामा भन्दा कम क्षमता छैन । वा भनौँ त्यो भन्दा पनि बढी हुन सक्छ ।

विश्वकप फुटबलको तयारीमा रहेको पोर्चुगलले बिहीबार राति भएको खेलमा अल्जेरियालाई ३ ० ले हराएपछि कप्तान क्रिष्टियानो रोनाल्डोका छोरा क्रिष्टियानो रोनाल्डो जुनियरले दुई सुन्दर गोल गरे । ती गोलमा जुनियर रोनाल्डोमा सिनियर रोनाल्डोको कला अझ तिखारिएर आएको देखिन्थ्यो ।

अल्जेरियासँगको खेलपछि किकाबोउटमा जुनियर रोनाल्डोले बुवाले जस्तै गरी गोल गरे । ७ वर्षका रोनाल्डो जुनियरले लिस्बोनमा टप कर्नरबाट उत्कृष्ट स्ट्राइक गरे भने एक्रोबेटिक भली गोल पनि गरे ।

उनको गोल बुवाको भन्दा पनि सुन्दर देखिन्थ्यो । छोरामा आफ्नो कौशल अझ निखारिएर गएको हेर्दा सिनियर रोनाल्डो मख्ख देखिन्थे ।

जेठ २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्