प्राण गुमाएकी छोरी काखमा लिएर ओर्लिए, बस दुर्घटनाका घाइते

दाङ– यात्रुले खचाखच भरिएको बस बिहिबार जनकपुरबाट नेपालगञ्जको लागी छुटेको थियो । बसले तिब्र गति लियो । सुधान्सु कुमार भारत उत्तर प्रदेश निवासी हुन् ।

उनि जनकपुरबाट नेपालगञ्ज आउन सोहि बसे चढे । तर, उनलाई बस चालक निदाउलान र दुर्घटना होला भन्ने सम्मको कल्पनासम्म थिएन् । भैदियो त्यही । ‘बसको चालक बस चलाते चलाते सो गए’, उनले भने– ‘बस खोलामा खस्यो, धेरैलाई चोट लागेको छ ।’ बसमा ईट्टा भट्टामा काम गरेर घर फर्कीदै गरेका मजदुरका परिवार थिए । बाल बालिकालाई धेरै चोट लागेको छ ।

‘मेरो निद्रा भर्खर खुलेको थियो । तर, बस एक्कासी खस्यो । त्यसपछि कसरी बसबाट बाहिर निस्किएँ थाहै भएन्’ दैलेख निवासी घाईते आयुष्मा थापाले भनिन्–‘हातमा चोट लागेको छ । मन डराएको छ । धन्न बाँचियो ।’

बिहान ६ः३० बजे बस दुर्घटना भएको हो । लमही अस्पतालमा एम्वुलेन्स मार्फत ल्याइएका घाईतेको टाउको, हात खुट्टामा गहिरो चोट लागेको छ।

एम्वुलेन्सबाट पाँच वर्षिय छोरीलाई काखामा राख्दै ओर्लिए एक जना बाबु । तर, उनकी पाँच वर्षिय छोरी बिरबी मोहम्मदको प्राण गैसकेको थियो ।

जनकपुरबाट नेपालगन्जका लागि छुटेको बस दुर्घटना हुदा ठूलो क्षती भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको र ३२ जना यात्रु घाइते छन् । ३ बालबालिका सहित ११ जनाको अवस्था गम्भीर छ । १२ जना मध्यम प्रकारको घाइते र ८ जना सामान्य घाइते रहेको अस्पताल श्रोतले जनाएको छ । एक नाबालकसहित २७ जना घाइतेलाई कोहलपुर अस्पताल रेफर गरिएको छ । लमही अस्पतालमा ५ जनाको उपचार भैरहेको छ । एक मृतक बालिकाको शव पनि त्यही राखिएको छ ।

ना ५ ख १८२९ नम्बरको यात्रुबाहक बस राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा दुर्घटना भएको हो । बस चालक निदाउदा दुर्घटना भएको घाइतेहरुको भनाई छ ।

 

जेष्ठ २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्