निधनको हल्ला फैलाएको प्रति डा. उपेन्द्र देवकोटाको परिवारको गम्भीर आपत्ति

काठमाडौँ – अस्पतालमा उपचार भइरहेको व्यक्तिको निधन भएको भनेर सामाजिक सञ्जलामा फैलिएको हल्लाप्रति डा. उपेन्द्र देवकोटाको परिवारले गम्भीर आपत्ति जनाएको छ ।

न्यूरो अस्पताल बाँसबारीमा उपचार गराइरहेका प्रख्यान न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्यमा अहिले केही सुधार आएको छ । उनलाई शुक्रबार रातिदेखि भेन्टिलेटरबाट निकालिएको छ । उनको अहिले सघन उपचार कक्ष, आइसियुमा राखेर उचार भइरहेको छ ।

तर शुक्रबार रातिदेखि डा. देवकोटाको निधन भएको भन्ने झुण्ठो खबर सामाजिक सञ्जालमा फैलिएको थियो । त्यसप्रति डा. देवकोटाको परिवारले गम्भीर आपत्ति जनाएको छ ।

डा. देवकोटाको परिवारले कसैको जीवनलाई यस्तो खेलाँचीको रुपमा नलिन आग्रह गरेको छ । कसैको निधनको हल्ला फैलाउनु पूर्व अस्पतालको जानकारी लिएर मानव जीवनको सम्मान गर्नु पर्ने र बिरामीको उपचारमा संलग्न चिकित्सकको घोषणा सुन्नु पर्ने डा. देवकोटोको उपचारमा संलग्न एक चिकित्सकले देश सञ्चारसँग बताएका छन् ।

जेठ २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्