डा. देवकोटाको स्वास्थ्यमा गम्भीर हुन परिवारको आग्रह

समर्थकहरुको सन्तुष्टिका लागि प्रस्तुत गरिए डा. देवकोटा

समर्थकहरुको अगाडि डा. उपेन्द्र देवकोटा । तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – प्रख्यात न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्यमा केही सुधार भएको छ । डा. देवकोटालाई शुक्रबार राति भेन्टिलेटरबाट निकालिएको छ । उनलाई अहिले सघन उपचार कक्षमा राखिएको छ ।

उनको अवस्थाका बारेमा विभिन्न हल्लाहरु भइरहेका बेला शनिबार बिहान उनले उपचार गराइरहेको न्यूरो अस्पतालमा धेरै शुभचिन्तक जम्मा भएका थिए । बिहान डा. देवकोटालाई आधा घण्टा जति बाहिर ल्याएर समर्थकको अगाडि राखिएको थियो ।

उपचारमा संलग्न डाक्टरले स्वास्थ्यमा सुधार आएको देश सञ्चार जानकारी दिएका छन् । यस्तै परिवारले नचाहिने हल्ला फैलाएकोमा गम्भीर आपत्ति जनाएको छ ।

जेष्ठ २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्