काठमाडौँ – कामका दक्षिण कोरिया जाने कामदारको छनौटका लागि शनिबारदेखि रोजगार अनुपमति प्रणाली (इपिएस) भाषा परीक्षा सुरु भएको छ । परीक्षा बिहान १० तथा दिउँसो दुई बजेदेखि गरी दुई सिफ्टमा भइरहेको छ ।

परीक्षा आइतबार पनि हुनेछ । दुई दिनको परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।

परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आएका छन् । काठमाडौँमा १६, ललितपुरमा आठ र पोखरामा चार परीक्षा केन्द्र रहने छन् । परीक्षाको जिम्मा मात्र भाषा केन्द्रले लिएको छ भने परीक्षापछि उत्तरपुस्तिका कोरियाबाटै जाँच भई छनौटको काम हुनेछ ।