परराष्ट्रमन्त्री ज्ञवाली बेइजिङ हुँदै मंगोलिया पुग्ने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी तीव्र बनिरहेका बेला परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली चार सदस्यी टोलीसहित शनिबार बेइजिङ हुँदै मंगोलिया जाँदैछन् ।

राति ११ बजेर १५ मिनेको फलाइटमा उड्न लागेको परराष्ट्रमन्त्री ज्ञवालीकासाथमा नेपालका लाथि चिनियाँ राजदूत यु होङ लगायत चार जनाको टोली जाँदै छन् ।

मंगोलिया जानेक्रममा परराष्ट्रमन्त्री ज्ञवालीको टोली प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणबारे छलफल गर्न केही घण्टा बेइजिङ्गमा बिताउने र चीनस्थित नेपाली दूतावासको ब्रिफिङ सुन्ने योजना बनाएको परराष्ट्रका एक उच्च अधिकारीले बताए । त्यो बेला परराष्ट्रमन्त्रीले पनि प्रधानमन्त्री ओलीको चीन भ्रमणका लागि नेपालले गरिरहेको तयारीबारे पनि जानकारी दिने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगोलियामा आयोजना हुन लागेको भूपरिवेष्ठित तथा अल्पविकसित मुलुकको थिंक ट्यांक सम्मेलनमा भाग लिन मंगोलिया जान लागेको र यो भ्रमणले नेपाल र मंगोलियाबीच सद्भाव कायम गर्न पनि सहयोग गर्ने बताए ।

ज्ञवालीका अनुसार मंगलोलियाका उलनबटारमा २८ र २९ गते आयोजना हुने खासगरी भूपेरिवेष्टित अल्वविकसित मुलुकले पाउनु पर्ने अत्यावश्यक सेवा सुविधा, अवसर र सहकार्य तथा सहयोगका विषयमा बहस हुनेछ ।

उक्त कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले पनि नेपालको तर्फबाट धारणा राख्ने बताइएको छ । परराष्ट्रमन्त्री ज्ञवालीको टोली आगामी बुधबार राति स्वदेश फर्कने छ ।

परराष्ट्र स्रोतका अनुसार परराष्ट्रमन्त्री ज्ञवालीको टोली फर्किए लगत्तै प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक गर्ने तयारी गरिएको छ ।

यसअघि प्रधानमन्त्री ओलीको चीन भ्रमणको चाँजोपाँचो मिलाउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित परराष्ट्रका उच्च कर्मचारी गत वैशाख तीन गते चीन गएका थिए । समकक्षी वाङ वीको निमन्त्रण चीन पुगेका ज्ञवालीले निकट भविष्यमै हुने प्रधानमन्त्री ओलीको चीन भ्रमण फलदायी हुने दाबी गरेका थिए ।

प्रधानमन्त्री ओली आगामी असार ५ देखि १० सम्म चीन भ्रमणमा निस्कने तयारी भएको बताइएको छ ।

भ्रमणका बेला प्रधानमन्त्री ओलीले यसअघिको चीन भ्रमणका बेला दुई मुलकबिच भएका सम्झौता र समझादारी कार्यान्वयनको बाटो खोल्ने परराष्ट्रमन्त्रालयका अधिकारीको दाबी छ ।

भारतले नाकाबन्दी लगाएको केही समय पछि चीन पुगेर विभिन्न सम्झातौ गरेका प्रधानमन्त्री ओलीले यसपटक खासगरी लामो समयदेखि ठप्प तातोपानी नाका खुलाउने, काठमाडौं देखि केरुङसम्मका रेलमार्ग निर्माण कार्य अघि बढाउने लगायत दर्जनौं विषय चिनियाँ पक्षसामु उठाउने बताइएको छ । र, त्यसै अनुसारको तयारीमा सरकारी अधिकारीहरु जुटेका छन् ।

जेठ २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्