किमसँगको वार्ता ‘मिसन अफ पिस’ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो हप्ता उत्तर कोरियाका नेता किम जोङ–उनसँग हुने वार्ता शान्तीका लागि ‘वन–टाइम सट’ रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किमबिच जुन १२ मा सिंगापुरमा पहिलो पटक वार्ता हुँदैछ ।

ट्रम्पले यो वार्ता मिसन अफ पिस अर्थात शान्ती अभियान रहेको बताए । तर आफूहरु दुवै विश्वासको हिसाबले अहिले अनविज्ञ रहेको ट्रम्पको भनाई छ । ट्रम्प क्यानडामा भएको जी सेभेन सम्मेलनपछि किमसँग वार्ताका लागि सिंगापुर पुग्दैछन् ।

ह्वाइट हाउसले किमसँगको वार्ता विश्व शान्तीका लागि पहिलो स्टेप हुने बताएको छ । उत्तर कोरियाका नेता किम परमाणु हतियार परित्याग गर्नेमा आशावादी रहेको ह्वाइट हाउसले जनाएको छ।

हुन्छ हुँदैन भन्ने आशंका बिच दुई नेताबिच वार्ता हुँदैछ । पछिल्लो १८ महिनामा ट्रम्प र किमको सम्बन्ध निकै उतारचढाव भयो । तर अहिले आएर वार्ताका लागि दुवै नेता तयार भएका छन् ।

जेठ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्