कम्पनीको स्पष्ट विवरण नखुलाउने म्यानपावरले आजदेखि स्वीकृति नपाउने

काठमाडौँ–वैदेशिक रोजगार विभागले रोजगारदाताको विस्तृत विवरण पेश नगर्ने म्यानपावरलाई आइतबारदेखि स्वीकृति नदिने भएको छ । म्यानपावर कम्पनीले रोजगारदाताको ठेगाना, सम्पर्क नम्बर, इमेल, वेबसाइट जस्ता विवरण प्रस्ट उल्लेख गर्नु पर्नेछ ।

यसअघि यस्ता विवरण उल्लेख नगर्दा ती देशमा रहेका कामदारको जानकारी लिन र विवरण राख्न असहज भएको विभागले जनाएको छ । व्यक्तिगत रुपमा श्रम स्वीकृति लिँदा पनि फारममा भएका सबै विवरण उल्लेख गर्न र रोजगारदाता कम्पनी र त्यहाँ आफूले गर्ने पेशाका बारेमा प्रस्ट पार्न विभागले सूचना जारी गरेको छ ।

यस्ता विवरण प्रस्ट उल्लेख नगर्ने म्यानपावर कम्पनीका नेवेदन वा फारमस्वीकार नगर्ने विभागले जनाएको छ ।

जेठ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्