अटो रिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु
सुर्खेत-पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका-५ मुरमुरीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
ओभर लोडका कारण रिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बावियाचौरले जानकारी दिएको छ।
अटो रिक्सा दुर्घटनामा एक महिने बालिकासहित तीन जनाको मृत्यु भएको हो।
बावियाचौरबाट मुरमुरी जाँदै गरेको भे १ ह २१३५ नम्वरको अटो रिक्सा दुर्घटना हुँदा एक महिनाकी बालिका प्रतिक्षा शाही, आमा २४ वर्षीय विनिता शाही र अटो चालक अशोक रावतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बावियाचौरका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले बताए।
उनका अनुसार बालिकाको दुर्घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनाबाट घाईते शाही र रावतलाई उपचारका लागि वीरेन्द्रनगर ल्याउने क्रममा बाटोमा मृत्यु भएको उनले बताए।
दुर्घटनामा ४२ वर्षका विर्खबहादुर नेपाली र २९ वर्षीया लाली नेपाली घाइते भएका छन्। उनीहरुको अवस्था पनि गम्भीर रहेको उनले बताए।