टोयोटाको एक्सचेन्ज मेला भव्य रुपमा सम्पन्‍न

काठमाडौं- विश्‍व प्रख्यात मोटर कम्पनी टोयोटाको एकमात्र आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेट प्रालिले नक्साल बेङक्वेटमा “ टोयोटा एक्सचेन्ज मेला” भव्यताको साथ सम्पन्न गरेको छ।

यस लामो अवधिमा नेपाली ग्राहकको विश्वास जित्न सफल टोयोटा गाडीले समय, परिस्थिति र ग्राहकको चाहना एवं आवश्यकतालाई ध्यानमा राखी विभिन्न प्रकारका योजना तथा एक्सचेन्ज मेला आयोजना गरेको थियो।

दुई दिनसम्म चलेको उक्त मेलामा कुनै पनि ब्रान्डका पुरानो गाडी ल्याई उचित मूल्यमा नयाँ टोयोटा गाडी खरिद गर्ने व्‍यवस्था गरेको थियो। यसका साथै ग्राहकको पुरानो गाडीको सहि मुल्यांकन गरि आवश्यकता अनुसार फाइनान्सको पनि व्यवस्था गरिएको थियो।

एक्सचेन्ज मेलामा, टोयोटा स्पेयर्स पार्ट्स आउट्लेट र टोयोटा जेनियुन एसेसरिज आउट्लेट पनि राखिएको थियो। यसै गरी गाडीको निःशुल्क चेकअप, अन द स्पोट फाइनान्स, टेस्ट ड्राइभ र अन द स्पोट मुल्यांकन जस्ता आकर्षक अफरहरुको पनि व्यवस्था थियो।

उक्त मेला पारिवारिक कार्यक्रम रहेकाले मनोरन्जनका लागि विशेस सांगीतिक ब्याण्ड को लाइभ प्रस्तुति, फूड स्टल र विभिन्न थरीका नृत्यहरु प्रदर्शन हुनुका साथ साथै बच्चाहरुको लागि बाउन्सि क्यासटल, फेस पेन्ट जस्ता विशेस आकर्षणहरुले सुसज्जित यस मेलाबाट हालको ग्राहक तथा सम्भावित ग्राहकहरु समेत आकर्षित भएको कुरामा कम्पनि विश्वस्त रहेको छ।

आफ्ना ग्राहकप्रति सधै समर्पित रहदै आएको टोयोटा, समयानुकुल र आवश्यकता अनुरुप यस्ता प्रकारका ग्राहकमुखी मेलाहरु भविस्यमा पनि आयोजना गर्दै जाने कुरा कम्पनीका महा प्रबन्धकले बताए।

उक्त मेलामा २०० जना भन्दा बढी ग्राहकको सहभागिता रहेको थियो भने १० गाडी एक्सचेन्ज तथा बिक्रि भएको थियो।

विश्‍व प्रख्यात मोटर कम्पनी टोयोटाको एकमात्र आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेट प्रालिले नेपालममा टोयोटा गाडी बिक्रि वितरण सुरु गरेको आधा शताब्दी पार गरिसकेको छ।

जेठ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्