आउँदो जुलाईमा काठमाडौंमा टक सो टेड एक्सको आयोजना हुदै  

काठमाडौं- युवाहरुको सक्रियतामा नेपालमा टेड एक्स कार्यक्रमको आयोजना हुने भएको छ।

आगामी जुन ७ मा युथ@कमलपोखरीको अग्रसरता आयोजना हुने टेड एक्सको नारा बदलिदो गति रहेको छ।

नेपाल टुरिजम बोर्डमा आयोजना हुने कार्यक्रमा एक सय दर्शकको उपस्थिति रहने आयोजकले जनाएको छ।

समाजमा सकारात्मक परिवर्तन ल्याउने दश जनाले आफ्ना प्रेरणात्मक कथाहरू प्रस्तुत गर्नेछन्। टेडको अन्तर्राष्ट्रिय नियमानुसार एक वक्ताले बटिमा बढि १८ मिनेट समय पाउने छन्।

कार्यक्रमका वक्ताहरुमा खालीसीसिको संस्थापक आरुषि केसी, गलोकल प्राइवेट लिमिटेडका कार्यकारी निर्देशक आशिष ठाकुर,  कवि  नवराज पराजुली, मिस नेपाल पृथ्वी २०१८ प्रिया सिग्देल ,  राजनीतिज्ञ रञ्जु दर्शना, वाटर मोटरसाइकल अशिम पाण्डे र स्नेहाज केयरकि संस्थापक स्नेहा श्रेष्ठ रहेका छन्।   अन्य तिन स्पिकरको टुङ्गो केहि दिन भित्र लाग्ने आयोजकले जनाएको छ

टेड एक्स युथ@कमलपोखरीको का लाइसेन्सी, क्यूरेटर, र सह-आयोजकमा १८ बर्षिय  प्रयास तिवारी, अजय पाण्डे लगाएत रहेका छन्।

जेठ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्