फेरि आयो एनआइसीको धन वर्षा मुद्दती योजना

काठमाडौँ – निजी क्षेत्रका बैंकहरु मध्ये २०७४ साल चैत्र मसान्तसम्मको बित्तिय विवरण बमोजिम सबैभन्दा बढी निक्षेप संकलन गर्न सफल तथा कर्जा प्रवाहको हिसाबले निजी क्षेत्रको बैंकहरुमध्ये दोश्रो ठूलो बैंक एनआइसी एसिया बैंकले मुद्दती निक्षेप योजना ल्याएको छ ।

ग्राहकको हितलाई ध्यानमा राखेर सर्वाधिक उच्च व्याजदरसहितको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

धन वर्षा मुद्दती निक्षेप योजना नाम रहेको उक्त मुद्दति निक्षेप योजनामा मासिक रुपमा व्याज भुक्तानीको सुविधासहित वार्षिक १२ प्रतिशत व्याज प्रदान गरिने बैंकले जनाएको छ ।

यस अघि पनि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च व्याजदरसहितको धन वर्षा मुद्दती निक्षेप योजना लोकप्रिय भएको थियो । यो योजना अन्तर्गत देशभर रहेका एनआइसी एसिया बैंकका कुनै पनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाताखोल्न सकिने छ ।

साथै एक वर्षको अवधिका लागि खोल्न सकिने यस मुद्दती योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशतसम्म कर्जा सुबिधा समेत उपलब्ध गराउन सकिने छ ।

जेठ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्