गोरे, भुजुङ र छिरिङ काठमाडौँमा, ठूला माछा पक्राउ पर्लान त ?

पक्राउ परेका सुन तस्करी गिरोहका मुख्य नाइके गोरे । तस्बिर : बर्षा शाह/देश सञ्चार

३८ क्वीन्टल सुन तस्करी र सनम शाक्यको हत्या अभियोगमा पूर्पक्षका लागि जेलमा रहेका चूडामणि उप्रेती ‘गोरे’ , छिरिङ वाङ्देल गुरुङ र भुजुङ गुरुङलाई काठमाडौं ल्याईएको छ।

सम्पत्ति शुुद्धीकरण विभागले उनीहरुलाई अनुसन्धानका लागि काठमाडौं ल्याएको हो। सरकारद्धारा गठित छानबिन समितीले पनि उनिहरुमाथी थप अनुसन्धान गर्ने छ। गत साता गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुन तस्करीमा संलग्न ठुला माछाहरु चाँडै पक्राउ पर्ने बताएका थिए।

छानबिन समितीले भने ठुला माछाबारे कुनै सुइँको पाएको छैन। ठुला माछाबारे यी तीन जनाबाट केही खुल्न सक्ने समितीको विश्वास छ। तस्करीका अर्का लगानीकर्ता एमके अग्रवाल भने फरार छन्।

 गृहको टोलीले गोरे, भुजुङ र छिरिङलाई सँगै राखेर अनुसन्धान गर्ने योजना बनाएको छ । भुजुङ र छिरिङ पनि लगानीकर्ता भएको बताइन्छ। गोरेले भने आफू व्यवस्थापन मात्र भएको बताउँदै आएका छन्।

भुजुङलाई अदालतमा पेश गरेपछि मात्र गोरे पक्राउ परेका थिए। त्यसको केही समयपछि छिरिङले मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए।

जेठ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्