आरके ज्वेलर्सबाट २० करोड बराबरको सुनचाँदी जफत

आरके ज्वेलर्सका सञ्‍चालक राजेन्द्रमान शाक्‍यको न्‍यूरोड र दरबारमार्ग सुनचाँदी पसलबाट गरगहना जफत गर्दै सरकारद्वारा गठित छानबिन समिति टोली। तस्बिर-बर्षा शाह/ देश सञ्‍चार

काठमाडौं-सुन तस्करीका विषयमा अनुसन्धान गर्न सरकारद्धारा गठित छानबिन समितिले आरके ज्वेलर्सका सञ्‍चालक राजेन्द्रमान शाक्‍यको न्‍यूरोड र दरबारमार्ग सुनचाँदी पसलबाट गरगहनासहित सबै सामग्री जफत गरेको छ।

सोमबार गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले शाक्‍यको सुनचाँदी पसलमा शीलबन्दी गरेको हो। जसमा विशेष अनुसन्धान समितिसहित कर कार्यालय, आपूर्ति व्यवस्थापन विभाग, सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि तथा वडाका जनप्रतिनिधि सहभागि भएका थिए।

सुनचाँदी पसलबाट अनुसन्धान समितिले सुनसहित ३५ प्रकारका धातु जफत गरेको जनाएको छ। जफत गररिएको सामग्रीको मूल्‍य करीब २० करोड बराबर रहेको बताइएको छ।

यसअघि नै आरके ज्वेलर्सका सञ्चालक शाक्य पक्राउ परी पूर्पक्षका लागि मोरङ कारागारमा छन्। यसअघि शुक्रबार प्रहरीले सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा छापा पनि मारेको थियो। यसअघि चूडामणि उप्रेति ‘गोरे’को समूहले अवैध रुपमा भित्र्याएको सुनमा शाक्‍यको पनि लगानी रहेको टोलीले औल्‍याएको थियो।

तस्बिरहरु- बर्षा शाह/ देश सञ्‍चार

जेष्ठ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू