सरकारको कार्यशैली चित्त बुझ्दो भएन: रायमाझी

काठमाडौं-सरकारको नेतृत्व गरिएको नेकपाकै सांसदले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। नेकपाका नेता टोपबहादुर रायमाझीले सरकारले संवृद्धिका कुरा गरे पनि काम त्यसअनुसार नभएको बताएका हुन्।
रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा उनले भने, ‘म सरकारको काम गर्ने शैलीबाट सन्तुष्ट छैन । म आशावादी छु ।’ रायमाझीले सरकारले आफूसँग भएको बहुमत र उपयुक्त वातावरणको सदुपयोग गर्न नसकेको दाबीगरे।
उनले बजेटको समर्थन गर्ने आधार नै नभएको जिकिर पनि गरे। बजेटले परम्परागतभन्दा अर्को नयाँ आयाम थप्न नसकेको रायमाझीले उल्लेख गरे।
‘बजेटमार्फत समग्र राष्ट्र निर्माणको मार्ग चत्र आउनुपर्दथ्यो, तर यो बजेटले त्यस्तो महशुस गराउन सकेन, बजेटले जनतालाई उत्साहित बनाउन सकेको छैन, नेता रायमझीले भने।