कलाकार भीम बहादुर थापा रहेनन्

काठमाडौँ– कलाकार भीमबहादुर थापाको निधन भएको छ। बुधबार बिहान २ बजे आफ्नै निवासमा उनको निधन भएको हो । उनलाई लामो समयदेखि छातिमा समस्या थियो।

हास्य चलचित्र ‘तितो सत्य’मा दिपा श्री निरौलाको ‘बा’ बनेर अभिनय गरेका थिए। थापा नेपाली सेनाका पूर्व सेना थिए। उनको जन्मघर खोटाङ, लामिडाडाँ हो।

९३ वर्षका थापाको आफ्नै निवास मैतिदेविमा निधन भएको हो। उहाँको अन्त्यष्टि पशुपति घाटमा आजै गरिने कलाकार दिपाश्री निरौलाले जानकारी दिइन्।

जेठ ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्