कार्यकारी राष्ट्रपति प्रणाली काग्रेसलाई मान्‍य छैन-डा.कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कार्यकारी राष्ट्रपति प्रणाली काग्रेसलाई मान्य नहुने बताएका छन्।

प्रेस युनियन मोरङद्वारा विराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले वर्तमान सरकारले दुई तिहाइको वलमा कार्यकारी राष्ट्रपति प्रणाली ल्याउन खोजे, कांग्रेसलाई स्वीकार्य नहुने बताएका हुन्।

बहुजाति, वहुभाषी भएको मुलुकमा कार्यकारी राष्ट्रपति प्रणाली पद्धति नमिल्ने र जनताले पनि त्यसलाई नस्वीकार्ने उनको भनाइ थियो।  कांग्रेस प्रतिपक्षमा वसेपनी विकास र सम्वृद्धिको एजेण्डामा भने सरकारलाई पार्टीको सहयोग रहने उनले जनाए।

एक प्रश्नमा उहाले सरकारको विरुद्धमा आन्दोलन गर्ने वेला अहिले नआएको स्पस्ट पारे। पछिल्लो समय सरकारले न्यायालयलाई हस्तक्षेप गर्न खोजेको, मुलुकमा दण्डहिनता वढेको भन्दै त्यसका विरुद्ध कांग्रेसले एक भएर खवरदारी गर्नुपर्ने स्थित उत्पन्न भएको उनले बताए।

नेता कोइरालाले कांग्रेस विचको गुट उपगुटका कारण पार्टी कमजोर वन्दै गएकाले कांग्रेसमा एकता अत्यन्त आवश्यक रहेको बताए। नेता कोइरालाले संघीय सरकार प्रदेश सरकारलाई दिएको वजेटे थोरै भएकाले संघीयता कार्यान्वयमा समस्या पर्ने उल्लेख गरे।

उनले संघीयता कार्यान्वयनसँगै सबै हक अधिकार प्रदेश र स्थानिय तह आईसकेको अवस्थामा संघीय सरकारले प्रदेस सरकारलाई बजेट विनियोजित गर्न कन्जुसाई गर्न नहुनेमा नेता कोइरालाले जोड दिए।

जेठ ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्