उत्तर कोरियाको परमाणु निशस्त्रिकरणका प्रमुख काम २०२० सम्ममा : अमेरिका

उत्तर कोरियाले सन् २०२० सम्ममा परमाणु निशस्त्रिकरणको प्रक्रिया मुख्य रुपले पूरा भएको हेर्न चाहेको अमेरिकाले जनाएको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले अबको दुई वर्षभित्र परमाणु निशस्त्रिकरणका प्राय काम सकिनु पर्ने बताएका हुन् ।
सिंगापुरको सेन्तोसा आइल्याण्डमा मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिचको ऐतिहासिक वार्तापछि विदेश मन्त्री पोम्पेओको यस्तो भनाई आएको हो ।
वार्तामा भएको सहमति अनुसार उत्तर कोरिया कोरियाली प्रायद्विपलाई परमाणु हतियार मुक्त बनाउन प्रतिबद्ध रहेको छ । तर सम्झौतामा त्यो प्रक्रिया कहिले र कसरी हुने भन्ने केही खुलाइएको छ । स्पष्ट नभएको भन्दै त्यसको आलोचना पनि भएको छ ।
ट्रम्प–किम वार्ताको उपलब्धी बारे दक्षिण कोरियामा भएको छलफलको क्रममा विदेश मन्त्री पोम्पेओले उत्तर कोरियासँग अझै ठूलो सम्झौता गर्न बाँकी नै रहेको बताएका हुन् ।
तर प्रमुख रुपमा परमाणु निशस्त्रिकरणको काम २०२० सम्ममा हुने पर्ने अमेरिकी भनाई रहेको उनले बताए । उत्तर कोरियाले यो कुराको गम्भीरता बुझ्नेमा आफूहरु आशावादी रहेको पोम्पेओको भनाई छ ।