विश्वकप हेर्नेको अनुभव

जसले रंगशालामै भएर पनि जिदानले मार्कोलाई मैदानमै ढालेको देखेनन्

नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे । तस्बिर सुलभ श्रेष्ठ/देश सञ्चार

काठमाडौँ – जब जब विश्वकप फुटबल सुरु हुन्छ, पृथ्वीबहादुर पाण्डेको मन बर्लिन, डर्टमन्ड र म्युनिखले तान्छ । १२ वर्ष पहिले यिनै मैदानमा उनले नेपाली झण्डा फहराउँदै जर्मनी र फ्रान्सलाई हुटिङ्ग गरेका थिए ।

नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाण्डे सन् २००६ को विश्वकप हेर्न जर्मनी पुगेका थिए । उनले तीनै मैदानमा सेमिफाइनल र फाइनल खेल हेरे । बिहीबार विश्वकप फुटबल सुरु हुँदैछ रुसमा । उनलाई भने जर्मनीकै झझल्को मेटिएको छैन ।

त्यतिबेला डर्टमन्डमा इटाली र जर्मनी सेमिफाइनलमा भिडेका थिए । मन पर्ने टिम इंग्ल्याण्ड पहिल्यै बाहिरिसकेको हुनाले पृथ्वीबहादुरको समर्थन जर्मनीले पायो ।

यो खेलमा उनी मैदानमै पुगेर हुटिङ्ग लाउँदैथिए तर इटालीसँग हारेर बाहिरियो जर्मनी पनि । त्यसपछि आफूले समर्थन गरेको टिम जर्मनीलाई हराउने इटालीलाई उनको समर्थन रहेन ।

पोर्चुगललाई हराएर फाइनलमा पुगेको फ्रान्सलाई समर्थन गरे । इटाली र फ्रान्स भिडेका थिए फाइनलमा । जर्मनी पोर्चुगललाई ३–१ ले हराउँदै तेश्रो भयो ।

यो विश्वकपको फाइनल खेल बर्लिन भएको थियो । जर्मनी र फ्रान्स उपाधिका लागि भिड्दा रंगशालामै थिए पृथ्वी बहादुर । हुटिङ लाइरहेका थिए फ्रान्सलाई ।

नभन्दै उनले समर्थन गरेको फ्रान्सले खेलको सातौं मिनेटमै पेनाल्टि पायो र स्टार जिनेदिन जिदानले गोल गरे । तर उनले समर्थन गरेको टिमको अग्रता लामो समय टिकेन । इटालीका मार्को मटेराजीले १९ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा फर्काए ।

श्रीमतीसहित रंगशाला पुगेका पृथ्वी बहादुर नेपालको झण्डा फहराउँदै फ्रान्स…फ्रान्स… भनेर चिच्याइ रहेका थिए । निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो ।

खेलको १ सय १० औँ मिनेटमा जिनेदिन जिदानले टाउकाले छातिमा हानेर इटालीका मार्को मटेराजीलाई ढाले । मार्कोले इटालीका लागि गोल गरेका थिए। त्यसपछि जिदान रेडकार्ड पाउँदै बाहिरिए । तर पृथ्वीबहादुरले थाहा पाएनन्, जिदानले मार्कोलाई ढालेको । उनी घटना भएको विपरित साइडमा थिए ।

स्क्रिनमा रिप्ले देखाएपछि मात्रै थाहा पाए पृथ्वीबहादुरले जिदानको ‘हेडबट’ । उनलाई मैदानमै पुगेर पनि त्यो ‘हेडबट’ छुटाएकोमा अझै खिन्न लाग्छ । यो खेल पेनाल्टीमा गयो । पेनाल्टीमा इटालीले ५–३ ले फ्रान्सलाई हरायो । पृथ्वीबहादुरले जुन जुन टिमलाई समर्थन् गर्दै गए ती टिम हार्दै गए ।

बेलायतमा पढेकै कारण उनलाई इंग्ल्याण्डको माया थियो । त्यो नभएको खण्डमा उनको समर्थन जर्मनीले पाउँछ जहाँ उनका बुवाको पसिना बगेको छ ।

पृथ्वी भन्छन्, ‘रंगशालामा पुगेर गमे हेर्नुको मज्जै छुट्टै, त्यहाँको माहोलमा अर्कै आनन्द ।’ त्यसो त उनले मैदानका केहि अप्ठेरा पनि थाहा पाए । विश्वकपका बेला आउने जाने र खाने बस्नेको समस्या । रंगशालाको कुन साइडमा टिकट पाइने हो ।

गोलपोष्टको पछाडि प¥यो भने अर्कोतिरको खेल त्यति राम्रो देखिँदैन । पृथ्वीको टिकट गोलपोष्टको पछाडि नै परेको थियो । त्यहि भएर उनले त्यो ‘हेडबट’ छुटाए । अर्को आनन्द रंगशालामै पुगेर विश्वकप हेरें भन्ने लागेको छ उनलाई । एक पटक रंगशालामै गएर विश्वकप हेर्ने हुटहुटी पहिल्यैदेखि थियो, त्यो पूरा भयो । सेमिफाइनल र फाइनलका १० वटा टिकट लिएका थिए, श्रीमती र आफ्नो लागि । ४ हजार युरो जति खर्च गरे टिकटमा ।

त्यसपछि सन् २०१० मा साउथ अफ्रिका जान खोजे पनि सासु बिरामी भएकाले मिलेन । ब्राजिलमा भने उनलाई जान मन लागेन । रसियाको टिकट नै पाएनन् । रसियाका लागि एन्फाले टिकट बेच्ने भनेपनि अन्तिममा राष्ट्र बैंकले पैसा पठाउन अनुमति नदिएपछि एन्फाले टिकट ल्याउन पाएन ।

विश्वकप फुटबल गेम विभिन्न सहरका फरक फरक मैदानमा हुन्छन् । त्यहि अनुसार आउने जाने र बस्ने व्यवस्थापन गर्न पनि उतिकै गाह्रो छ । टिकट पाएर मात्रै पनि भएन । तीन चार वर्ष पहिले देखिनै बुकिङ्ग भैसकेका हुन्छन् होटलहरु ।

पृथ्वीबहादुर ब्राजिल नजानको कारण पनि यस्तै हुन् । ब्राजिल ठूलो देश कहिले कहाँ कहिले कहाँ हुने गेम । एक ठाउँबाट अर्को ठाउँ जानलाई तीन घण्टा प्लेनमा जानु पर्छ । रसिया र ब्राजिलमा पनि गाह्रो छ ।

यस पटकको विश्वकप हेर्न साथीहरुसँग फोर किलोवाट क्वालेटिमा प्रोजेक्टर तयार हुँदैछ । त्यहि हेर्दैछन् पृथ्वीबहादुर । इङ्ल्याण्डले विश्वकप जित्नेमा उति भरछैन् उनलाई यसपाली । जर्मनी प्रति आशा छ ।

‘जर्मनी हाटहुट गरेर जहिले पनि सेमिफाइनलमा पुग्छ, त्यसपछि ब्राजिल र फ्रान्सको टिम राम्रो छ । बेल्जियम र अर्जेन्टिनाको पनि टिम राम्रो छ’, उनले भने, ‘तर मलाई खेलाडी चाहिँ बेल्जियमका इडन हाजार्ड मन पर्छ ।’

जर्मनीका तीनवटा रंगशालामा पुगेर विश्वकप हेरिरहँदा पनि उनलाई नेपाली टिमको याद आउँथ्यो । नेपालका केही क्लबलाई त उनको इन्भेष्टमेन्ट बैंकले सहयोग पनि गरेको छ । पृथ्वी भन्छन्, ‘अझै पनि फुटबलमा सपोर्ट गर्न म नाईँ भन्दिन ।’

तर नेपालको फुटबल स्ट्यान्डर खासै चित्त बुझ्दो लाग्दैन उनलाई । ‘ग्रास लेभलबाट स्कुल पढ्दैदेखि माथि जानु पर्छ । युरोप, अफ्रिकाका टिम राम्रो हुनको कारण पनि एकडेमीहरु नै हुन् । हरेक क्लवहरुका आफ्नै लगानीमा एकडेमीहरु हुन्छन् । त्यसले गर्दा उनीहरुको स्टान्डर माथि छ’, पृथ्वीबहादुरले भने ।

यसरी सुरु भो, पृथ्वी को फुटबल क्रेज


पारिवारिक अवस्था राम्रो भएकै कारण दश वर्षको उमेरमै जर्मनी पुगेका थिए पृथ्वीबहादुर । त्यतिबेला उनका बुवा भीमबहादुर पाण्डे जर्मनीका लागि नेपाली राजदूत थिए । बुवा भीमबहादुर फुटबलमा खुब इन्ट्रेस्ट राख्थे ।

सानै भएकाले पृथ्वी बहादुरलाई भने खासै चासो थिएन, त्यतिबेलासम्म । बुवा भने काठमाडौँमा हुँदा पनि फुटबल खेल्थे । ११ वर्षको उमेरमा पृथ्वीबहादुरलाई पढ्न बेलायत पठाउने कुरा भयो, परिवारमा ।

त्यतिबेलासम्म उनलाई टिभीमा अरु कुरा हेर्न अलाउड थिएन, फुटबल भने बुवासँगै बसेर हेर्न पाउँथे । पृथ्वी बहादुरलाई याद छ, बुवाले जर्मनीको समर्थन गर्दा आफूले इङ्ल्याण्डको समर्थन गरेको । त्यतिबेलाको खेल इङ्ल्याण्डले जित्यो, पृथ्वीबहादुरले समर्थन गरेको टिमले ।

त्यो जितले पृथ्वीलाई फुटबलप्रतिको मोह थप जगायो । आफू बेलायत पढ्न जाने भएकै कारण उनले इंग्ल्याण्डलाई समर्थन गरेका थिए ।
त्यसपछि ११ वर्षको उमेरमा पढ्न बेलायत गए । बेलायतमा लन्डनका साथीहरु भेटिए, फुटबलप्रति बडो चासो राख्ने । उनीहरुको संगतले पृथ्वी पनि चेल्सी फुटबल क्लवमा जान्थे । त्यहाँ फुटबलमा थप भिझे ।

लनडनका राजदूत उनका अविभावक सोसरह थिए, आफ्ना बुवा जर्मनीको राजदूत भएकाले । उनले फुटबल हेर्न जान नदिँदा पनि पृथ्वी सिनेमा हेर्न जान्छु भनेर रंगशाला पुग्थे । सिनेमा हेर्नलाई भने खासै रोकतोक हुँदैनथ्यो । त्यतिबेला सस्तो टिकटमा रंगशाला छिर्थे ।

‘उभिएर हेर्नु पथ्र्यो । त्यसै पनि नेपालीको हाइट, त्यहाँमाथि उभिने ठाउँमा’, उनले सम्झिए । त्यो बेला म्यानचेस्टर युनाइटेड र चेल्सीको म्याच थियो । जर्जी वेस भन्ने त्यो बेलाको वेष्ट प्लेअर । बबी साल्टनहरुले खेलेको हेरे । यसो गर्दा गर्दै फुटबलमा इन्टे«स्ट जाग्न थाल्यो । बुवाबाट सुरु भएको फुटबल मोह साथीभाइले थपिदिए ।

बेलायतका विद्यालयमा पनि मुख्यगरी खेलाउने भनेको फुटबल, क्रिकेट र रग्वी हो । उनले पढ्ने स्कुलमा रग्बी थिएन । फुटबल र क्रिकेट मात्रै । उनका साथीहरु लनडनका, त्यसमा पनि चेल्सीका फ्यान ।

पृथ्वीलाई क्लब फुटबलमा हेर्न मन पर्ने भनेको चेल्सी र म्यानचेस्टर युनाइटेडको गेम हो । पछिल्लो पटक सन् १९७० मा यी क्लबको खेल चेल्सीको मैदानमै पुगेर हेरेका थिए ।

बेलायतमा पढेर फर्किएपछि पढाई र काममा ध्यान दिन थाले । तर फुटबलको ह्याङले भने छाडेन । नेपालमा पनि कहिले आफ्नोमा कहिले साथीभाइकोमा फुटबल हेर्थे । उनीहरुको एउटा ग्रुप छ साथी भाइको ।

साथीसँग बसेर आफ्नो क्लबको तर्फबाट बाजि थापेर हेर्नुको मज्जै छुट्टै लाग्छ उनलाई । ‘धेरै पटक चेल्सीको तर्फबाट बाजि थापेको छु, र चेल्सीले खेल जित्दा बाजि मैले जित्छु’, उनले भने ।

इंग्लिस प्रिमियर लिग र च्याम्पियन्स लिग प्रायः छुटाउँदैनन् । चेल्सीसँगको मोह पनि उनको कम रोचक छैन । पृथ्वी का बेलायतका साथी जिम्मे डोजले बेलायतमा सँगै भइयो भने चेल्सीको म्याचमा म तिमिलाई लान्छु भनेका थिए । ती साथीले चेल्सी फुटबल क्लबका डाइरेक्टर चिन्दा रहेछन् । पृथ्वी लाई पनि डाइरेक्टरसँग भेटाइदिए ।

त्यतिबेला पनि चेल्सी र मेनुको गेम थियो । झनै रमाइलो भयो । डाइरेक्टरले भनेको कुरा सुनाए पृथ्वी ले । बबी साल्टनलाई चिनाइदिन्छु भनेका रहेछन् । त्यतिबेलाका आइडलसँग भेट गर्ने उनको ठूलो इच्छा थियो । फाल्बियो काटेलो इंग्ल्याण्डको म्यानेजर र चेल्सीको वनर इब्राहिमोविच पनि तल आए भने भेट गराइदिन्छु भनेका रहेछन् ।

‘हाफ टाइममा वविसाल्टेनसँग ३/४ मिनेट कुरा गर्ने मौका पाएँ । फावियो कापेलोसँग एकडेढ मिनेट कुरा गरें । इब्राहिमोविच चाहिँ तल आएनन् । त्यो मेरो लागि खेल मात्रै हैन उनीहरुलाई भेट्नु नै ठूलो कुरा भयो’, गर्भका साथ सुनाए पृथ्वीबहादुरले ।

जेठ ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्