एनजिओ/आईएनजि‌ओका पदाधिकारीको सम्पती विवरण माग्न गृहको निर्देशन

प्रदेश ६ स्थित गृह मन्त्रालय रहने भएपछि रंगरोगन गरिएको जिल्ला कृषि विकास कार्यालय । तस्बिर : डिलप्रसाद शर्मा/देश सञ्चार

काठमाडौं- गृह मन्त्रालयले देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई एनजिओ/आईएनजिओका पदाधिरकारीको सम्पती विवरण माग्न निर्देशन दिएको छ।

सम्पती विवरण गोप्य शिलबन्धी गरेर लिन ७७ वटै जिल्लाका जिल्ला प्रशासनलाई बिहीबार निर्देशन दिईएको हो। एनजिओ/आईएनजिओमा काम गर्ने कर्मचारीले भने सम्पती विवरण बुझाउनु पर्ने छैन।

पछिल्लो तीन वर्षदेखि दर्ता नविकरण नभएका एनजिओ र आईएनजिओको दर्ताका लागि १५ दिने म्याद जारी गर्ने र सो अवधीमा दर्ता नभए स्वत खारेज गर्ने समेत निर्णय भएको छ ।

सम्पति विवरण संकलन गरि एक महिनाभित्र केन्द्रमा पठाउन निर्देशन छ।

जेष्ठ ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्