विश्वकपको उद्घाटनमा चम्किए रोनाल्डो र विलियम्स

विश्व फुटबलको महामेला विश्वकप फुटबलको औपचारिक उद्घाटन बिहीबार बेलुका रुसको रुजाधानी मस्कोमा हुँदा दुई व्यक्ति निकै चर्चामा रहे । एक बेलायती गायक रोबी विलियम्स र अर्का ब्राजिलियन लेजेण्ड फुटबलर रोनाल्डो ।

मस्कोमा भएको उद्घाटन समारोहमा विलियम्सले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरे । उनलाई यसमा रुसी गायिका सोप्रानो एइदा गारिफुलिनाले साथ दिइन् ।

ब्राजिलका रोनाल्डोले विश्वकप २०१८ को सुरुवाति सट हाने । उनले बल बालकलाई हुँदै मस्कट जाबिभाकालाई पास गरे ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यसपछि सम्बोधन गरे । उनले विश्वकप आयोजना गर्न पाएकोमा निकै खुशी रहेको बताए । फुटबल रुसमा साँच्चिकै माया गरिने खेल रहेको र यहाँको आतिथ्यता र मित्रता निकै उच्च रहेको उनले बताए ।

जेठ ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्