डीपीए बन्दबारे राष्ट्रसंघको चासो, नेपाल सरकारसँग वार्ता गर्ने निर्णय

ननेपाल सरकारले काठमाडौँस्थित राष्ट्रसंघीय डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्सलाई बन्द गर्ने निर्णयलाई राष्ट्रसंघ मुख्यालयले समीक्षा गर्ने र यसबारे कसरी अगाडि बढ्ने भन्नेबारे नेपाल सरकारसँग वार्ता गर्ने बताएको छ।

नेपाल सरकारले डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स तीन महिनामा बन्द गर्ने आशयको अनुरोध प्राप्त आफूलाई भएको स्वीकार गर्दै त्यसबारे कसरी अगाडि बढ्नेबारे नेपालसँग वार्ता गर्ने राष्ट्रसंघले जानकारी दिएको छ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसका सहायक प्रवक्ता फरहान हकले बिहीबार दिँउसो न्यूयोर्कमा गरेको ब्रिफिङका क्रममा यस्तो जानकारी गराएका हुन्।

जेष्ठ ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू