मुआब्जाको लागि ३५ करोड थप बजेट

६ कि.मि.लमही-कोईलावास सडक यसै वर्ष कालोपत्रे

कालोपत्रे बनाउनका लागि तयारी गरिएको लमही-कोइलावास सडक। ३३ किलोमिटर सडक मध्‍ये ६ किलोमिटर सडक कालोपत्रे भने यो आर्थिक वर्षभित्र गरिने छ। तस्विरः दशरथ घिमिरे/देश सञ्‍चार

दाङ– लमही–कोईलावास सडक कालोपत्रे गर्ने अन्तिम तयारी सुरु भएको छ । ३३ किलोमिटर सडकको यो आर्थिक वर्ष भित्र ६ किलोमिटर सडक कालोपत्रे गरिने छ । पिचको चौडाई ७ मिटरको हुने छ। लमही–कोईलावास सडकले सडडको दायाँ १५ र वाँया १५ मिटर क्षेत्र ओगट्ने छ ।

गढवा बहुमुखी क्याम्पसदेखि कक्रहवा सम्मको ६ किलोमिटर सडक असार भित्र कालोपत्रे गर्ने योजना रहेको सडक निर्माण कम्पनी कालिका–कुमार जेभिका ईञ्जिनियर बिजय भट्टराईले जानकारी दिए।

‘लमही–कोईलावास सडक कालोपत्रेको लागि काम गर्न थालेको एक वर्ष भएको छ। ०७४ असार ६ बाट सर्भेको काम सुरु गरेर अघि बढेका थियौं’उनले भने–‘अहिले सम्म २० प्रतिशत काम सकेका छौं।’ असार पहिलो हप्ता बाट कालोपत्रेको काम सुरु हुने साईड ईञ्जिनियर राजेन्द्र श्रेष्ठले वताए । अहिले अन्तिम चरणको ग्रावेलको काम चलिरहेको छ ।

पिच पकाउने मेसिन जडान गरिएको छ । यहि मेसिनले पिच पकायर सडकमा कालोपत्रे गरिने छ । मेसिनको परिक्षण समेत गरिएको छ । जमुनीवासमा प्लान्ट राखिएको छ। ६९ करोडको लागतमा लमही–कोईलावास सडक बनिरहेको छ।

बुहप्रतिक्षित योजना हो, यो सडक । नेपाल–भारत जोड्ने प्रमुख नाको रुपमा हेरिएको छ । भारत सरकारको लगानिमा नेपाल सरकारले सडक निर्माणको काम गरिरहेको हो । भारतिय एनएचआईडिसिएल कन्सल्टेन्टले सडक निर्माणमा प्रत्यक्ष निगरानी गरिरहेको छ ।

लमही बजार क्षेत्र छाडेर कोलही बाट २३ किलोमिटर क्षेत्रमा सडकको काम भैरहेको छ । बाँकि १० किलोमिटर क्षेत्र अझै छुन बाँकि छ । साढे १८ किलोमिटर क्षेत्रमा ग्रावेल गरिएको छ ।

लमही–कोईलावास सडक ग्रावेल गर्न चाहिने कच्चा पदार्थ राप्ती नदिको विपद् व्यवस्थापन शिर्षकबाट संकलन गरिएको छ । पुल देखि तल नदि खोलेर कच्चा पदार्थ निकालिएको छ।

‘यो वर्षलाई चाहिने कच्चा पदार्थ संकलन भएको छ’ईञ्जिनियर भट्टराईले भने–‘मौसमले साथ दियो भने, धमाधम काम हुन्छ ।’ लमही कोईलावास सडक निर्माणको काम २०७६ मंसिरमा सम्पन्न गर्ने लक्ष्य छ ।

मुआब्जा वितरण गर्न ३५ करोड बजेट


कोइलावास सडक क्षेत्रमा पर्ने ७ सय ९९ कित्ताका जग्गा धनिलाई मुआब्जा वितरण गर्न ३५ करोड रुपैयाँ थप बजेट प्राप्त भएको हुलाकी सडक आयोजना, योजना कार्यालय नेपालगञ्जले जनाएको छ।

यो रकम केहि समयमा वितरण गरिने छ । जिल्ला प्रसासन कार्यालय संग समन्वय गरेर मुआब्जा वितरणको काम अघि वढ्ने कार्यालयले जनाएको छ।

दैनिक रुपमा मुआब्जाको वारेमा सोधि खोजि गर्न वडा कार्यालयमा आउने गरेको गढवा गाउँपालिका वडा नं. ५ का अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए ।

‘दैनिक रुपमा धेरै मानिसहरु आउनुहुन्छ, छिटो मुआब्जा वितरण गर्न हामिले पनि पहल गरिरहेका छौं’उनले भने–‘बजेट आएको छ भन्ने सुनेको छु । छिटो वितरण गर्दा सजिलो हुने थियो।’

असार १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्