विश्वकप २०१८ : स्पेन ३-३ पोर्चुगल

चम्किए रोनाल्डो, गरे ह्याट्रिक, देखियो ब्रेथटेकिंग खेल

फिफा विश्वकप फुटबलको २१ औँ संस्करणको पहिलो ह्याबी वेट खेलमा विश्वभरका फुटबल फ्यानले निकै हाइ टेम्पोको खेल हेर्न पाए । रुसको सोचीमा भएको खेलमा स्पने र पोर्चुगलले ३-३ को बराबरी खेले ।

तर यो खेल अवधिभर दर्शकले मुटुको चाल तीव्र हुने खेल हेर्न पाए । चौथो मिनेटमा पाएको पेनाल्टी मार्फत कप्तान क्रिष्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरुवाति अग्रता दिलाए । त्यसको २० मिनेटपछि स्पेनका लागि डिएगो कोस्टाले बराबरी गोल गरे ।

रोनाल्डोले ४४ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा टिमलाई २-१ को अग्रता दिलाए । । तर दोस्रो हाफमा स्पेनले फेरि बराबरी र त्यसपछि अग्रता लियो ।

स्पेनका लागि ५५ औँ मिनेटमा डिएगो कोस्टाले फेरि बराबरी गोल गरे । खेलमा उनको यो दोस्रो गोल हो । त्यसपछि ५८ औँ मिनेटमा नाचोले गोल गरे र ३-२ को अग्रता दिलाए । तर पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले ८८ औँ मिनेटमा ह्याट्रिक गर्दै खेलमा बराबरी गरे ।

रोनाल्डो चम्किए


स्पेनसँगको खेलमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो चम्किएका छन् । उनले खेलको ८८ औँ मिनेटमा फ्रि किक मार्फत सुन्दर गोल गर्दै खेलमा बराबरी गरेका हुन् ।

रोनाल्डोले यो खेलमा चौथो, ४४ र ८६ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । उनको यो करिअरको ५१ औँ ह्याट्रिक हो । यस्तै विश्वकपमा भएको पनि ५१ औँ ह्याट्रिक हो । पोर्चुगल र स्पेनबिचको खेल निकै प्रतिस्पर्धात्मक रह्यो । खेलमा दबाब स्पेनको रह्यो तर गोल दुवै तर्फबाट भयो ।

रोनाल्डोले चार फरक फरक विश्वकपमा गोल गरेका हुन् । उनले २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका हुन् ।

रोनाल्डोले राष्ट्रिय टिमबाट १५१ खेलमा ८४ गोल गरेका छन् । स्पेनका आन्द्रेश इनिएस्टाले ३४ औँ मिनेटमा गोल गर्ने प्रयास गरे । ४१ औँ मिनेटमा इस्कोले गोल गर्ने प्रयास गरे तर पोर्चुगलका गोलरक्षकले जोगाए ।

७१ औँ मिनेटमा कोस्टाले ह्याट्रिकको मौका गुमाए । ७६ औँ मिनेटमा कोस्टा बाहिरिए । ७९ औँ मिनेटमा पोर्चुगलले गोल गर्ने मौका बनायो । रोनाल्डोले प्रहार गरे तर स्पेनका गोलरक्षकले जोगाए ।

असार २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्