यस्तो छ धनुषा प्रहरीको दुई महिने प्रगति

जनकपुरधाम – धनुषा प्रहरीले वैशाखदेखि हालसम्म गरेको कामहरुको प्रगति विवरण सार्वजनिक गरेको छ ।

टोल टोलमा प्रहरी अभियान कार्यक्रम सञ्चालनको सुरुवात बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा धनुषा प्रहरीले वैशाखदेखि हालसम्म गरेको कामहरुको विवरण सार्वजनिक गरेको हो ।

धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले पत्रकार सम्मेलन मार्फत कर्तव्य मुद्दाका ४ जना, जवरजस्ती करणी मुद्दाका १, लागु औषध मुद्दाका १, ठगी तथा संगठित अपराध मुद्दाका १, के.सा.अ सम्बन्धी मुद्दामा १, बिगो मुद्दाको २ र लेनदेन मुद्दाको १ जना गरी जम्मा ११ जनालाई पक्राउ गरिएको र प्रकृति अनुसार मुद्दा चलाइएको बताए ।

भन्सार चोरी निकासी सम्बन्धमा प्रहरीले विभिन्न खाद्य वस्तुहरुदेखि लिएर लत्ता कपडाका सामानहरु अन्दाजी ४० लाख ६८ हजार ८ सय २२ मुल्य बराबर सहित मोटरसाईकल १४ थान र ट्रयाक्टर २ थान समेत बरामद गरेको जनाएका छन् । जसमा भन्सार चोरी निकासीमा संलग्न रहेको आरोपमा १० जनालाई समेत पक्राउ गरिएको छ ।

यसैगरी राति अबेरसम्म मदिरा बिक्री गर्ने २३ जना भट्टी संचालक, मापसे गरेका सवारी चलाउने समेत ८५ जनालाई पक्राउ गरी प्रकृति अनुसारको मुद्दा चलाईएको जानकारी पनि दिइएको छ । यस्तै ४ वटा मदिरा भट्टी नष्ट, १ हजार ८ सय २० लिटर तयारी अवस्थामा रहेको मदिरा र सोको कच्चा पदार्थ २०० लिटर नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ ।

लागु औषध नाईट्राभेट लगायतका नशालु पदार्थका टयाब्लेटहरु १९ हजार ६ सय ९० पिस, गाँजा ३८ किलो ९ सय ४० ग्राम, ब्राउन सुगर १५० ग्राम, कोरेक्स लगायतका झोल लागुपदार्थ २५ बोतल नष्ट गरिएको प्रहरी उपरीक्षक थपलियाले जानकारी दिए ।

लागु औषधमा ८१ जना पक्राउ गरेको मध्ये २१ जना कारागार चलान भएको र ४८ जना धरौटीमा छुटेको तथा अन्य साधारण तारेख जमानीमा छुटेको जनाएको छ । यसैगरी ट्राफिक प्रहरीले ४ हजार ६ सय ५७ सवारी साधनलाई कारबाही गरी २९ लाख ४१ हजार ५०० रुपैंया राजस्व संकलन गरेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयको विवरण अनुसार हातहतियार तथा खरखजाना मुद्दामा १, पेट्रोलिम पदार्थको कृतिम अभाव श्रृजना गरी कालोबजारी गरेको आरोपमा ४, सवारी दुर्घटना गराई अंगभंग गराएकोमा २, जवरवस्ती करणी अन्तर्गत ३, तथा ज्यान मार्ने उद्योग अन्तर्गत ७ जना पक्राउ परेको छ ।

त्यसैगरी महिला बेचविखन तथा ओसारपसार १, महिला बेचविखन तथा जवरजस्ती करणीमा १ र अपहरण तथा जवरजस्ती करणीमा १ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

असार ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू