कम्बोडियाली राजकुमार सडक दुर्घटनामा घाइते

नोम्पेन्ह-कम्बोडियाली राजकुमार नोरोडन रानारिध र उनकी श्रीमती आइतबार बिहान सडक दुर्घटनामा परी घाइते  भएका छन् ।

उनीहरुलाई विपरीत दिशाबाट आएको ट्याक्सीले धक्का दिएको बताइएको छ । उहाँहरुको अवस्था गम्भीर नरहेको र उपचाररत रहनुभएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।

उनीहरु कम्बोडियाको दक्षिणपश्चिमी पेराह सिंहानुक प्रान्तको एक सडकमा सवारीमा थिए। आइतबार बिहान स्थानीय समयअनुसार ९ बजे उहाँहरुको सवारीलाई धक्का दिएको थियो।

राजकुमारको देब्रे हातमा चोट लागेको छ। उनीहरु दुवै जना खतरामुक्त छन्– उक्त प्रान्तका प्रहरी प्रमुख र उनको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

सुरक्षा अधिकारीहरुले उहाँको सवारीसाधनलाई ठक्कर दिने ट्याक्सीलाई नियन्त्रणमा लिएर कारबाही थालिएको पनि प्रहरी अधिकारीले जनाएका छन्।

असार ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्