मन्त्रीपरिषद्को बैठक, के के भए निर्णय?

काठमाडौं-  सरकारले नेपालमा चीन सहयोग सम्बन्धी परियोजनाहरुको कार्यान्वयनमा सहजिकरण गर्नका लागि संयन्त्र स्थापना गर्ने सम्बन्धी समझदारी पत्रको मस्यौदा स्वीकृत तथा हस्तान्तरण गर्न परराष्ट्रमन्त्रालयलाई स्वीकृत दिएको छ।

आइतबारको मन्त्रीपरिषदको बैठकले खासगरी परराष्ट्रमन्त्रालय र चीनबीच सहकार्य गरी पूर्व सम्झौता अनुसारका परियोजना कार्यान्वयनलाई तिव्रता दिनका लागि संययन्त्र स्थापनाका सम्बन्धी समझदारी पत्रको मस्यौदा स्वीकृत तथा हस्तान्तरणका लागि स्वीकृत प्रदान गरेको हो ।
बैठकले लेखा परिक्षेक विधेयक संघीय संसदमा पेश गर्नका लागि पनि स्वीकृति प्रदान गरेको छ ।
यस्तै सूचना प्रविधि तथा सार्वजनिक प्रसारण सेवा सम्बन्धी नयाँ विधेक तर्जुमा गर्नका लागि बैठकले सैद्धान्तिक सहमित दिएको छ ।

आइतबारकै मन्त्रीपरिद्को बैठकले नेपाल खानेपानी संस्थानका १९ जना बोर्ड सदस्यमध्ये १० जना घटाउने निर्णय पनि गरेको छ ।

यस्तै उच्च सरकारी वकिलको कार्यालय ओखलढुंगा र विरगञ्जको दरबन्दी स्वीकृत प्रदान गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए ।

शिक्षा विज्ञान प्रविधि मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राजश्व अनुसन्धान विभागको संगठन संचरना पनि स्वीकृत गरेको छ ।

असार ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्