कस्तो छ तपाईँको २०७५ असारको राशिफल?

२०७५ साल आषाढ १ गते साँझ ६ बजेर ५४ मिनेटमा सूर्यले मिथुन राशिमा प्रवेश गर्दैछन्। महिना प्रवेशमा बृश्चिक लग्न परेको छ। शुक्ल पक्ष द्वितीया तिथि पुनर्वषु नक्षत्र मिथुन राशि परेको छ।

यस वर्षको राजा सूर्य र मन्त्री शनि परस्पशर विरोधी ग्रह मसान्तैबाट आम्नेसाम्ने हुनेछन्। शनि मंगल वा नि सूर्यको परस्पर दृष्टिमा उन्माद योग हुन्छ। आषाढ १ गतेकै दिन शनि धनु राशिमा, सूर्य मिथुन राशिमा बुध चन्द्रमासहित भएकाले ज्योतिषको दृष्टिमा ७५ सालकै महिनाहरुमा यो अशुभ महिनामा पर्दछ।  नेपालको लागि यो निकै प्रतिकूल रहनेछ। राजा मन्त्री परस्पर विरोधी शनि सूर्य र पाँच आइतबार पाँच शनिबार पनि परेको महिना हो। यो एघार गते सम्म सूर्यलाई बुधको साथ मिल्ने र शनि एक्लो भई प्रतिस्पर्धा गर्ने हुँदा पश्चिमी देशहरुमा भारतमा अनि नेपालमा समेत संकट आउने योग छ।

१। २। ३। २७। २८। २९। शनि सूर्यको परस्पर दृष्टिमा सूर्यलाई चन्द्रमाले साथ दिने भएकाले दैवी प्रकोपले चिन्तित बनाउने राजनीतिमा समेत प्रतिकूल प्रभाव पर्न गई अप्रत्यासित अप्रिय घटना हुने योग छ। यो स्थितिमा सूरक्षा बल अर्थतन्त्रमा हलचल ल्याउनेछ।  १३। १४। १५  शनिका साथ चन्द्रमा रहने हुदा यो समय पनि प्रतिकूल नै हुने देखिन्छ। महिना प्रवेश लग्नदेखि वाह्रौँ बक्र बृहस्पति द्वितीय बक्र शनिको प्रतिकूल प्रभाव पर्ने हुँदा धार्मिक द्वन्द्वका साथै सेवाग्राहीहरुको आक्रमणले आर्थिक संकटले जर्जर हुनेछ। लग्नेश मंगल उच्च भई तृतीयमा र सप्तमेष शुक्र नवौँमा रहेकोले बौध्दिक वर्गलाई राष्ट्रबारे सोच्न बाध्य बनाउनेछ।  महिनाको सुरुमै राष्ट्राध्यक्षले र सचेत नागारिकले  ग्रह शान्ति गराउनु राम्रो हुनेछ।

ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै शिवसक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्री हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्रश्वर्यै स्वाहाः

मेष

ग्रहगोचरले राम्रो साथ दिनेछ पराक्रमको गति तिव्र हुनेछ। भाग्यले साथ दिनुको साथै कर्म वलियो भएकोले नयाँ र ऐतिहासिक काम गर्ने अवसर मिल्नेछ । वैंदेशिक कार्यमा राम्रै उन्नति हुनेछ कूटनैतिक क्षत्रका र सैन्य क्षत्रका व्यक्ति हरुले ठूलो सफलता हासिल गर्नेछन्। वैवाहिक वन्धनमा बाँधिने वलियो सम्भावना छ नयाँ प्रेमको प्रस्ताव पनि आउनेछ नोकरीमा पदोन्नति राजनितिमा उच्च स्थान पाउने योग छ। घर तथा सवारी साधन जोढ्ने तरखरमा भए सजिलै सफलता मिल्नेछ । ठूला व्यक्तिको पहलमा  राज्यले उच्च सम्मान दिनेछ धार्मिक र सामाजिक कार्यमा संलग्नभै सम्मान पाउने योगछ। पढाइमा निक्कै प्रगति गर्न सकिनेछ। सन्तान नहुनेलाई सन्तान प्राप्तिको योग पनि हो।  पुराना समस्या किनारा लगाउँदै नयाँ पथप्रवेश गर्ने मार्ग निर्माण गर्न सकिनेछ।

बृष

महिनाका ग्रह गोचर त्यति अनुकूल देखिन्न। महीनाभरिनै विवादको सामना गर्नु पर्नेछ। धनको नाश पनि प्रत्यक दिन नै हुनेछ। अरुबाट हुने तिव्र आलोचनाले मनोवल घट्नेछ। नोकरीमा प्रसस्त संकट आउने, राजनीतिमा अप्ठ्यारो हुने र  विश्वासमा धोका हुने छ। शत्रुले खोइरो खन्ने योग छ।  स्वास्थ्य पनि दिनदिनै कम्जोर हुनेछ। घरेलु समस्याले सताउनेछ। मित्रहरुले वढी तनाव दिनेछन्। प्रेममा खटपट हुनेछ। पतिपत्नीबीचको सम्वन्धपनि कम्जोर हुनेछ।  मंगल बुध शुक्रको अनुकूलताले संयम भएर काम गरेमा पराक्रम आढमा केहि काम हुनेछन्। व्यापारमा र यात्रामा प्रयत्न गर्दा सफलता हासिल गर्न सकिनेछ। पढाइमा शुभ लक्षण देखिएकोले उच्चशिक्षा प्राप्त गर्न परदेश जाने अवसर मिल्नेछ। अरुको विश्वासमा काम गर्दा धोका हुनेछ।  गोपनीयता महीना भरि नै अपनाउनु राम्रो।

मिथुन

धैर्यतामा जोड दिए समयले मध्यम फल दिनेछ। आठौ मंगलको र द्वितीय राहुको प्रतिकूलताले  स्वास्थमा बाधा सिर्जना गर्नुको साथै  वोलिमा पार्ने प्रतिकूल प्रभावले  खर्चको गति  बढ्ने योग भए पनि  आम्दानीका स्रोतहरु चौतर्फि जुट्नेछन्। पराक्रमको गति तिव्र रहनेछ।

प्रयास गर्दा  काममा सफलता  मिल्नेछ। मित्रहरुले पूर्णरुपमा साथ दिनेछन परिवारजनको साथ पर्याप्त मिल्नेछ। घर तथा सवारी साधन जोड्ने तरखरमा हुनु हुन्छ भने सजिलै होला। पढाइमा  प्रगतिको लक्षण देखिन्छ । व्यापारमा वैदेशिक कार्यमा र प्रेममा उल्लेख्य सफलता मिल्नेछ । वैबाहिक कार्यलेपनि उचित स्थान पाउनेछ । भाग्यले साथ दिनेछ सामाजिक कार्यमा सम्मान पाउने योगछ नोकरी तथा राजनीतिमा  लक्षमा पुग्न सहज हुनेछ । रिसको वेग बढ्ने भएकोले धैर्यता अपनाउँदा मात्र सफलता मिल्नेछ।

समयलाई मकर
पं. अाेजराज उपाध्याय लाेहनी

कर्कट

घरेलु  समस्यामा ठूलै धनराशि  खर्च हुने देखियो। मुटु मस्तिस्कमा समस्या आउन सक्ने भएकोले  सचेत हुँदा राम्रो। विबाद तिर नलाग्नु नै वेश। धनमाल हराउन सक्ने भएकाले धनको ढुकुटीमा कडा नजर लगाउनु राम्रो। १२ गतेदेखि बुध अनुकूल भएकाले जोस र जाँगर बढ्ने भएकाले  प्रयास गर्दा महत्वपूर्ण काम हरु बन्नेछन। पढाइमा सोचेजस्तै सफलता पाउन सकिनेछ। शत्रु पराजय  हुने भएकोले सकृय र सचेत नै हुनु राम्रो। व्यापारमा गरेका प्रयासहरु राम्रै रहे पनि  लेनदेनमा भने अलि विचार पुर्‍याउन राम्रो। भाग्य कम्जोर भए पनि कर्म वलियो भएकोले  नोकरी तथा राजनीतिमा प्रयत्न गर्दा  आफ्नु वर्चस्व बढाउन  सकिनेछ। मान्य जनको सद्भाव पनि राम्रै मिल्नेछ। धन मनग्य कमाउने अवसर मिल्नेछ प्रेममा खटपट र पति पत्नीमा विबाद सिर्जना होला। संयम हुनु होला।

सिंह

अलिअलि खर्च बढ्ने रिसको वेग बढ्ने भएकाले आफूलाई संयमित राख्नु राम्रो। ग्रह गोचरले साथ दिनेछ आँटेका काम धेरै पुरा हुनेछन। मनमा प्रसन्नता बढ्नेछ। आमदानीका श्रोत हरु चौतर्फि बढ्नेछन्। यात्रा गर्ने अवसर मिल्नेछ। बैबाहिक कार्यहरु अघि बढ्नेछन प्रेममा सफलता मिल्नेछ। पराक्रमको गति तिव्र हुनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ। मित्र तथा परिवारको पूर्णसहयोग नमिले पनि आफ्नै प्रयासले अघिबढ्न सकिनेछ । शत्रुलाई  पराजय गर्दै अघिबढ्दा  सफलताको मार्ग अझ वलियो बनाउनेछ । व्यापारमा सफलता सोचे जस्तै मिल्नेछ नोकरी तथा राजनीतिमा आफ्नो वर्चस्व बढ्नेछ । मित्र तथा परिवारको भरोसामा धोका हुनेछ ।  स्वास्थको ख्याल गर्नु पर्ला नगद कारोवारमा अघि नबढ्नु उचित हुनेछ ।

कन्या

समय राम्रो छ मान सम्मान पाउने योगछ। शत्रु सङ्ग अलि सतर्क रहनु पर्ला। पढाइमा उल्लेखीय सफलता मिल्नेछ । यात्राका अवसर अरु मिल्नेछन्। पहिलो भेटमा नै प्रेमको प्रस्ताव अरु बाट आउनेछ।  आँटेका काममा सफलता मिल्नेछ । आमदानीका अवसर हरु प्रसस्त मात्रामा मिल्नेछन्। नोकरीमा पदोन्नति र राजनीतिमा प्रगतिको बलियो सम्भावना छ । राज्यले कूटनैतिक नियुक्ति गर्ने बलियो सम्भावना छ । व्यापारमा सोचे भन्दा बढिलाभ मिल्नेछ  वैदेशिक कार्यमा गरेका प्रयास हरु फलदायी रहनेछन । ठूला व्यक्तिले आफुमाथि भरोसा गर्नेछन नयाकामको अवसर मिल्नेछ वैबाहिक कार्यमा अघिबढ्ने  बलियो सम्भावना छ । भाग्यको भरोसा नगर्नुहोला कर्ममा जोडदिनु राम्रोहोला । अढैया शनिको प्रभावले मित्रहरु बाट धोका र परिवारीक कलह बढ्न सक्ने भएकोले सजग रहनु पर्ला।

तुला

ग्रह गोचर राम्रो  रहनेछ। जोस र जाँगर प्रसस्त मात्रामा बढ्नेछ सानै प्रयासले ऐतिहासिक कार्यलाई अघि बढाउँदा  भाग्यले साथ दिने भएकोले आँटेको काममा सजिलै सफलता मिल्नेछ। कर्मबलियो भएकोले रोकिएका काम हरु क्रमश: बन्नेछन्। शत्रु अलि बलिया भएकाले आफ्नो जित निश्चित पार्न  काम गर्दा सजग हुनु पर्नेछ। मित्र तथा परिवार समेत आफ्नो वसमा नभएकाले विश्वासमा काम गर्ने अवस्था छैन।

नोकरीमा प्रतिस्पर्धा गर्नु परे पनि ठूलै सफलता हात पर्नेछ। कुरा काट्नेहरुलाई निस्तेज गर्दै अगाढि बढ्न सकिने भएकाले विजयको लागि अग्रसर रहनुहोला। व्यापारमा प्रसस्त सफलता हात पर्नेछ। वैदेशिक कार्यमा धेरै ठूला अवसरहरु आउनेछन्। लेनदेनमा विबादको सामना गर्नु पर्नेछ। पढाइमा भने राम्रै सफलता हासिल गर्न सकिनेछ। पुराना कुरा कोट्याएर अप्ठ्यारो पार्ने काम अरुले  गर्न सक्ने भएकाले महिना भरिनै सचेत हुनु पर्ला।

बृश्चिक

ग्रह गोचर त्यति अनुकूल देखिन्न। समस्याहरु प्रसस्तै आउनेछन्। मनमा दुविधाले दरिलो डेरा जमाएको छ। कुरा काट्ने हरु निकै सक्रिय देखिन्छन । धन नास हुनुको साथै दाँत मुख्मा पिढा पनि वढ्नेछ । कामको फुर्सद मिल्नेछैन अरुको काम धेरैं गर्न पर्नेछ । घरेलु समस्याले प्रसस्त मात्रामा सताउनेछ मित्र तथा परिवारले पनि अनावस्यक पिरोल्नेछन ।  पढाइमा  अनुकूल वातावरण बन्नेछ । व्यापारमा गरेका प्रयास भने सकारात्मक रहनेछन यात्रा केहि शुलभ रहला प्रेममा सकारात्मक अवस्था देखिन्छ लेन देनमा अघि नबढ्नुनै उचित होला नोकरी तथा राजनीतिमा गरेका प्रयासले उच्च स्थान पाउन सक्नेछैन  महिना भरिनै सचेत रहनु राम्रो । विस्वासमा परेधोका हुनेछ गोपनियता अपनाउनु उचित हुनेछ।

धनु

संयम भएमा परिश्रमी र वैदेशिक कार्यमा र कूटनैतिक क्षत्रमा हुने हरुको लागि समय अनुकूल रहेपनि ठूला ठूला चुनौतिको सामना गर्नु पर्नेछ। कामको विचमा अवरोध सिर्जना गर्नेहरु निकै सकृय देखिन्छन्। आत्मवल पनि कम्जोर बन्नेछ। हाड जोर्नीको समस्याले पनि सताउनेछ। कुरा काट्ने हरु सकृय हुनेछन्। आर्थिक कारोवारमा प्रसस्त अप्ठ्याराहरु आउनेछन। धातुरोगले पनि सताउनेछ उच्च रक्त श्रावको पनि सम्भावना छ। आफन्त हरुले सम्वेदनशील समयमा धोका दिनेछन्। सूर्य बृहस्पति अनुकूल हुने हुदा व्यापारमा प्रेममा लाभ मिल्नेछ आर्थिक पक्षले अनुकूल हुनेछ।  परिवार बाट सहयोग मिल्ने पढाइमा सफलता मिल्ने नोकरी तथा राजनीतिमा सामाजिक कार्यमा अनि  वैवाहिक बन्धनमा वाँधिकने योग छ। ठूला व्यक्तिले आफ्नो मान बढाउन कोसिस गर्ने भएकोले महत्वपूर्ण काम उच्च मनोवलका साथ गर्नु उचित हुनेछ।

मकर

समय राम्रो छैन। शनि साढे साति र राशिको  मंगल प्रतिकूल प्रभाव पर्ने हुदा संयम हुनु जरुरी छ। आफन्त र परिवारलाई समेत यथार्थ खोलेमा गरेका काममा सफलता मिल्नेछैन। अरुको विश्वास सजिलै जित्न सकिने छैन । मित्रहरुको सहयोग नमिले पनि आफ्नै प्रयासले भने  महत्वपूर्ण काम धेरै गर्न सकिनेछ। पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ। बोलीको प्रभाव नपर्ने भएकाले ठूला व्यक्तिलाई आकर्षण गर्न कम बोल्नु पर्ला। पढाइमा सफलता मिल्नेछ। व्यापारमा लाभ राम्रै मिल्ने छ। भाग्यले साथ दिनेछ। नोकरी तथा राजनीतिमा सोचेजस्तै सफलता मिल्नेछैन। प्रेम गर्ने अवसर पनि मिल्नेछ। वैबाहिक बन्धनमा बाँधिने योग पनि छ। स्वास्थ्यमा समस्या आउने र मनमा चिन्ता बढाउने र  आर्थिक कठिनाइ हुन सक्ने  भएकोले नगद कारोवारमा  विचार गर्नुपर्ला।

कुम्भ

ग्रह गोचर  नराम्रो देखिन्न। वाह्रौँ मंगल तथा छैटा शुक्रको प्रतिकूल प्रभावले  स्वास्थमा बाधा पुर्‍याउन सक्ने भएकाले खानपानमा ख्याल गर्नुपर्ला। शत्रुसँग सतर्क हुदै अघि बढेमा आर्थिक लाभका अवसरहरु प्रसस्त मात्रामा मिल्नेछन्। आँटेका काममा पनि सफलता मिल्नेछ। बोलीको प्रभाव राम्रो भएकोले धेरैसँग बोल्ने प्रयास गर्नु वेश।

घरेलु काममा अरुचि बढ्ने र मित्रहरुले असहयोग गर्ने योग भएकोले महत्व पूर्ण काम गर्दा गोपनीयता अपनाउनुपर्ला। कुरा काट्ने हरुलाई निस्तेज गराउन सकिनेछ । पढाइमा गरेको प्रयासले ठूलो सफलता हात  पर्नेछ नोकरी तथा राजनीतिमा  सफलता हात पर्नेछैन। व्यापारमा उन्नतिको अवसर मिल्नेछ। वैदेशिक कार्यमा ठूलै सफलता  हात पार्न सकिनेछ। प्रेममा  पनि सन्तोष मिल्नेछ। वैबाहिक प्रकृया अघि बढ्ने सम्भावना छ। कुनै नैतिक कार्यमा आफ्नु दक्षता दर्शाउदा पनि सफलता  मिल्नेछ। शत्रु सकृय हुने भएकाले सवै क्षेत्रमा सचेत भएर काम  गर्नु पर्नेछ।

मीन 

समय राम्रो छ। बोलीको प्रभाव राम्रो रहनेछ। तपाईँको सत्यताले अरुको विश्वास जित्न सजिलै सक्नेछ। जोस प्रसस्त मात्रामा बढ्नेछ। वौध्दिक तिव्रताले  सजिलै  आँटेको काम पुरा गर्न सकिनेछ। तपाईँको लगनशीलता र इमान्दारीताको अरुले खुलेर प्रशंसा गर्नेछन्।

घरेलु समस्याले सताउने र मित्रहरुको गुनासो बढ्ने हुनाले घरबाहिर आफन्तहरु बाट टाढा रहेर काम गर्नु उचित हुनेछ। सन्तान नहुनेको लागि सन्तान प्राप्तिको समय पनि हो। व्यापारको मार्ग अझै फराकिलो  रहनेछ। प्रेममा आनन्द लिने पति पत्नीमा सुमधुर सम्वन्ध हुने तथा यात्रामा सुधार आउन समय चलेको हुँदा त्यसतर्फ सकृय रहनु होला। नोकरीमा गरेका प्रयास सकारात्मक रहनेछन्।  राजनीतिमा उतारचढावको सामना गर्नु परेपनि अन्ततः सफलता प्राप्त हुनेछ। राज्यले सम्मान गर्नेछ। आम्दानीको नयाँ श्रोत हात पर्नेछ ।

असार ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्