साविक विजेता जर्मनी पहिलो खेलमै स्तब्ध, मेक्सिको १-० गोलले विजयी

मस्को- साविक विजेता जर्मनी  जारी  विश्वकप फुटबलको पहिलो खेलमै स्तब्ध भएको छ।

समूह ‘एफ’ अन्तर्गत आईतबार राती भएको खेलमा मेक्सिकोले जर्मनीलाई १-० गोलले हरायो।

मेक्सिकोका हिर्भिङ लुजानोले ३५ औ‌ं मिनेटमा गोल गरे।

काउन्टर एट्याकमा आफ्नै क्षेत्रबाट अाएको बललाई जेभियर हर्नान्डेजले नियन्त्रणमा लिँद लुजानोलाई क्रस  दिएका थिए। लुजानोले पहिलो बार च्यापेर उत्कृष्ट गोल गरेका थिए।

प्रतियोगितामा भएका प्रतिस्पर्धामा मेक्सिकोले पहिलो पटक जर्मनीलाई हराएको हो। यसअघि विभिन्न प्रतियोगितामा सात पटक यी दुई टोली आपसमा भिडेका थिए।

मेक्सिकोले खेलभर आधा दर्जनभन्दा बढी राम्रा अवसर सृजना गरेको थियो। यो समूहमा जापान र स्वीडेन पनि छन्।

 

 

 

असार ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्