अमेरिकाको न्युजर्सीमा भएको कला उत्सवमा अन्धाधुन्ध गोली प्रहार

घटनाअघि कला उत्सवमा रमाइररहेका सहभागी

अमेरिकाको न्युजर्सीमा भएको अल–नाइट आर्ट फेस्टिभलमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा २२ जना घाइते भएका छन् । ट्रेन्टनमा भएको रात्रिकालीन कला उत्सवमा कम्तिमा दुईजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको हुन् ।

स्थानीय समय अनुसार आइतबार बिहान ३ बजे गोली प्रहार भएको हो । घटना भएका बेला स्थानीय कला, संगीत तथा खानाको स्वाद लिन पुगेका एक हजार मानिस त्यहा रहेको प्रहरीले जनाएको छ ।

घटनामा घाइते हुनेमा १३ वर्षका बालक पनि छन् । आरोपित मध्येका ३३ वर्षका एक पुरुष व्यक्तिको प्रहरीको गोली लागेर मृत्यु भएको छ । अर्का एक ओपितलाई पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

घाइते मध्ये १३ वर्षका बालकसहित चारजनाको अवस्था गम्भीर रहेको छ । आक्रमणको कारण के हो भन्ने अहिलेसम्म स्पष्ट भएको छैन । घटनास्थलमा धेरै हतियार फेला परेका छन् ।

प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ भने घटनाका बारेमा अनुसन्धान सुरु भएको छ । स्थानीय कलाकारका लागि सहयोग जुटाउने उद्देश्यले कला उत्सव भएको थियो । घटनापछि कला उत्सव रद्द गरिएको छ ।

असार ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्