पत्नी सीता बिरामी भएपछि प्रचण्ड उपचारका लागि सिंगापुर

फाइल तस्बिर

काठमाडौँ – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आकस्मिक रुपमा सिंगापुर गएका छन् । प्रचण्ड पत्नी सीता दाहाल बिरामी भएपछि उनी उपचारका लागि सिंगापुर गएका हुन् ।

पत्नी सीता र छोरी गंगा दाहाललाई लिएर प्रचण्ड आइतबार बेलुका सिंगापुर गएका हुन् ।

प्रचण्ड श्रीमती सीताको उपचारका लागि सिंगापुर गएको उनको सचिवालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कक्षको सोफामा प्रचण्ड पत्नी सीता दाहाल सुतिरहेको बेलको तस्बिर पनि सार्वजनिक भएको छ ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले फेसबुकमा फोटो राखेका हुन् । सीता दाहालमा सुगर, प्रेसर लगायतका समस्या छ ।

असार ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्