जापानमा शक्तिशाली भूकम्प

जापानको ओसाकामा शक्तिशाली भूकम्प गएको छ । ओसाकामा सोमबार बिहानै ६.१ म्याग्निच्युण्डको शक्तिशाली भूकम्प गएको हो ।

भूकम्पमा परी कम्तिमा तीनजनाको ज्यान गएको छ । कम्तिमा २१७ जना घाइते भएका छन् । भूकम्पले ओसाकामा धेरै क्षति भएको छ ।

अहिले उद्धार तथा राहतको काम भइरहेको छ ।

असार ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्