डान्स च्याम्पियन सुशान्तले आँचलसँग खेले मायाको होली

काठमाडौँ– भारतीय रियालिटि शो ‘डान्स प्लस–टु’ मा नाँचेर चर्चामा आएका सुशान्त खत्रीले ‘मंगली’ गीतमा अभिनय गरेका छन्। गीतको शब्दलाई व्याख्या गर्दै नाँच्ने सुशान्तले नायिका आँचल शर्मासँग स्क्रीन शेयर गरेका छन्। गायक शिव परियारले स्वर दिएको गीतको शब्द प्रलाद शाहले लेखेका हुन।

सुशान्तको अभिनयलाई गीतमा धेरै रुचाइएको छ। भिडियो अपलोड गरेको २० घण्टामा २ लाख २३ हजारभन्दा धेरै पटक हेरिइसकेको छ।

असार ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्