अर्थमन्त्रीको सांसद कार्यकाल २ वर्ष मात्रै

काठमाडौँ – राष्ट्रियसभा सदस्यको कार्यकाल निर्धारणका लागि सोमबार गोलाप्रथा भइरहेको छ । संसद भवनमा भएको गोलप्रथामा राष्ट्रपतिबाट मनोनित भएका राष्ट्रियसभा सांसद डा. युवराज खतिवडाको कार्यकाल २ वर्ष मात्रै निर्धारण भएको छ ।

अर्थमन्त्री रहेका डा. खतिवडाको २ वर्ष पछि राष्ट्रिय सभाको पदावधि समाप्त भए पछि ६ महिना सम्म मात्र अर्थमन्त्रीको रुपमा काम गर्न पाउने छन्।

संविधानको धारा ७८ अनुसार संघिय सदनको सदस्य नरहेको व्यक्ति ६ महिना सम्म मन्त्री हुन पाउँछ।

खतिवडा राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रिय सभाको सदस्य भएकाले‍ सरकारले चाहेमा राष्ट्रिय सभाको सदस्यमा उनको पुनर्नियुक्ति हुन सक्नेछ।

संविधानको धारा ८६ को ३ ले गरेको व्यवस्थाअनुसार विभिन्न क्ल्स्टरबाट राष्ट्रियसभामा निर्वाचित ५९ जना सदस्यको कार्यकाल गोलाप्रथाबाट निर्धारण गर्न संसद सचिवालयले सोमबार सदस्यहरुलाई बोलाएको हो ।

राष्ट्रपतिबाट मनोनित सांसदमध्ये कसको कार्यकाल कति ?

युवराज खतिवडाको २ वर्ष
रामनारायण बिँडारीको ४ वर्ष
विमला पौडेलको ६ वर्ष

असार ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्