काठमाडौँ – राष्ट्रियसभा सदस्यको कार्यकाल निर्धारणका लागि सोमबार गोलाप्रथा भएको छ । संसद भवनमा सबै ५९ जनाको गोलप्रथाबाट कार्यकाल निर्धारण भएको छ ।

संविधानको धारा ८६ को ३ ले गरेको व्यवस्थाअनुसार विभिन्न क्ल्स्टरबाट राष्ट्रियसभामा निर्वाचित ५९ जना सदस्यको कार्यकाल गोलाप्रथाबाट निर्धारण गर्न संसद सचिवालयले सोमबार सदस्यहरुलाई बोलाएको थियो ।

राष्ट्रिय सभाका सदस्यहरुको कार्यकाल निर्धारणका लागि संसद भवनमा भइरहेको गोलाप्रथा । तस्बिर: बर्षा शाह