सेयर बजारमा ब्याजदर प्रभावः झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं- साताको पहिलो कारोबार दोहोरो अंकले ओरालो लागेको नेप्से परिसूचक सोमबार झिनो अंकले उकालो लागेको छ। बैंक वित्तिय संस्था बीच निक्षेप संकलनमा कडा प्रतिस्पर्धा चलेपछि कर्जाको ब्याजदर पनि उकालो लाग्दा सेयर किन्ने भन्दा बिक्रि गर्नेको संख्या धेरै भएको ब्रोकरहरुले बताएका थिए।

साताको दोस्रो कारोबार दिन बजार खुलेको १ घण्टा मै दोहोरो अंकले घटेको सेयर बजार पछि सम्हालिदाँ नेप्से परिसूचकमा सुधार देखिएको थियो।

झिनो अंकले बढेको सेयर बजारमा झिनो रकमकै सेयर खरिद बिक्रि भएको छ।

ब्याजदर बिषयले लगानिकर्ता मनोबल कमजोर हुदाँ कारोबार रकममा गिरावट आएको एक ब्रोकरले बताए।

सोमबार दिनभरिमा १ सय ५४ कम्पनीको १९ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ।

एफपिओ ल्याउने घोषणा गरेको नेपाल बैंक लिमिटेड धेरै रकमको सेयर खरिद बिक्रि गर्ने कम्पनी बन्यो। नेपाल बैंकको १ करोड ३४ लाख रुपैयाँ सेयर कारोबार भएको छ।

सोमबार झिनो अंकले उकालो लागेको बजारमा बैंकिङ, विकास बैंक, फाइनान्स, उत्पादनमुलक उपसुचक ओरालो लाग्दा होटेल, हाइड्रोपावर, इनस्योरेन्स, अन्य र माइक्रोफाइनान्स उपसूचक उकालो लागेको छ।

असार ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्