रुसको रंगशालाबाट फुटबलको मज्‍जा

नेपाली राष्ट्रिय झण्डा बोकेर विश्‍वकप हेर्न रुसमा

रुस- रुसका विभिन्‍न रंगशालामा चन्द्रसूर्य अंकित नेपालको राष्ट्रिय झण्डा फहराउँदै विश्‍वकपको पास भिरेका धेरै युवा छन्।

विश्‍वकप फुटबलको कुम्भ मेलाको मोहले उनीहरुलाई रंगशालासम्मै पुर्‍यो। तिनैमध्‍येका एक हुन मोरङका पर्वतराज झा।

उनलाई विश्‍वकप फुटबल एकपटक रंगशालामै पुगेर हेर्ने हुटहुटी थियो। यसअघिका विश्‍वकप टेलिभिजनमै हेरेका पर्वतराज सोमबार रुसको
भोल्गो ग्राड रंगशालामै थिए।

रंगशाला पुग्दा उनको यसअघिको सपना त पूरा भयो नै, त्‍यहाँको फुटबल म्‍याच हेर्दा आफू भित्रैदेखि उत्साहित भएको अनुभूति भइरहेको थियो।

समूह ‘एफ’ अन्तर्गत स्विडेन र दक्षिण कोरियाबीचको खेल हेर्दै गर्दा देश सञ्‍चारका लागि पर्वतराज झाले रुसबाट केही तस्बिरहरु पठाएका छन्।

 तस्बिरहरु- पर्वतराज झा/रुस

असार ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्