दक्षिण कोरियाविरुद्ध स्वीडेनको अग्रता

विश्वकप फुटबलको समूह चरणको आफ्नो पहिलो खेलमा दक्षिण कोरिया विरुद्ध स्वीडेनले अग्रता लिएको छ । खेलको दोश्रोहाफ चलिरहँदा स्वीडेनले पेनाल्टिमा गोल गर्दै अग्रता लिएको हो ।

स्वीडेनले ६५ औं मिनेटमा आन्द्रेस ग्रानभिस्टले गोल गरेका हुन् । कोरियाका खेलाडीले डिबक्समा लडाएपछि स्वीडेनले अग्रता बनाउने मौका पाएको हो । कोरिया र स्वीडेनको विश्वकपमा यो पहिलो भिडन्त हो ।

यसअघि भएका दुई मैत्रीपूर्ण खेलमा बराबरी खेलेका थिए । यो समूहको पहिलो खेलमा मेक्सीकोले जर्मनीलाई हराएको छ ।

असार ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्