सभापति देउवाविरुद्ध खनिदै जिल्ला सभापति

काठमाडौं – सभापति शेरबहादुर देउवाविरुद्ध कडा रुपमा प्रस्तुत हुने तयारीका साथ कांग्रेस जिल्ला सभापतिहरु हेटौडा पुगेका छन् । तीनै तहको चुनावपछि पहिलोपटक भेला हुन लागेका जिल्ला सभापतिहरुले योजनाबद्ध रुपमा सभापति देउवाको विपक्षमा खरो रुपमा प्रस्तुत हुने तयारी गरेका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र कृष्ण सिटौला पक्षले देउवाको पार्टी सञ्चालनप्रति राख्दै आएको असन्तुष्टिलाई जिल्ला सभापतिमार्फत कडा कडा रुपमा प्रस्तुत गराउने तयारी हुन् । पछिल्लो समय निरन्तर कमजोर बन्दै गरेको देउवा पक्षलाई अझ कमजोर बनाउने रणनीति पौडेल र सिटौला समूहले गरेका छन् ।

चैतदेखि वैशाखसम्म चलेको केन्द्रीय कार्य समितिको बैठकमा दबाबमार्फत जिल्ला सभापतिको भेला आयोजना गर्ने निर्णय गराएका थिए । गत वर्षको तीन तहको चुनावमा पराजय भोग्नुमा सत्ता सञ्चालन र पार्टी सञ्चालनमा देउवाको कार्यशैली जिम्मेवार रहेको पौडेल र सिटौला गुटले आरोप लगाउ“दै आएका थिए ।

देउवाको गृहजिल्ला डडेलधुराका सभापति कर्ण मल्लले पार्टी सञ्चालनका तैरतारिका र चुनावी परिणामबारे छलफल हुने बताए । देश सञ्चारस“ग उनले भने, ‘पार्टी सञ्चालन र यसका असरबारे आवाज उठ्छ । त्यसलाई नेतृत्वले सहज रुपमा स्वीकार गर्नुपर्छ । अन्यथा १४औं महाधिवेशनसम्म जान सक्ने अवस्था हु“दैन ।’ उनले तल्लो तहसम्म कम्युनिष्टहरुका कारण कार्यकर्ताले भोग्नु परेको समस्या भेलामा उठ्ने दाबी गरे ।

त्यस्तै वर्दियाका जिल्लासभा एवं पूर्वमन्त्री सञ्जय गौतमले पनि भेलालाई कांग्रेस सुधार गर्ने अवसरमा परिणत गनुपर्ने बताए । ‘पार्टी र नेतृत्वका बारेमा कमी कमजोरीबारे छलफल हुन्छ । कांग्रेस समय सापेक्ष बनाउन यो ढंगले हु“दैन भन्ने कुरा उठाउ“छौं, उनले भने ।

कांग्रेसमा सभापति देउवा एक्लिदै गएका छन् । १३औं महाधिवेशनमा उनकै क्याम्पबाट महामन्त्रीका उम्मेद्वार बनेका अर्जुननरसिंह केसी, नेताहरु बलबहादुर केसी, चन्द्र भण्डारी लगायतले देउवाले साथ छाडेका छन् । त्यस्तै देउवालाई सहयोग गर्दै आएको सिटौला समूहले पनि उनका साथ छाडिसकेको ।

१३ औं महाधिवेशनपछि अधिवेशन भएका चारवटा भातृ तथा शुभेच्छुक संगठनमा देउवा पक्षले नराम्रो पराजय भोगेको छ । यसै हप्ता अधिवेशन सम्पन्न भएको ट्रेड युनियन कांग्रेस, शिक्षक संगठन, महिला संघ र कर्मचारी ट्रेड युनियनमा देउवा पक्षले पराजय हुनुलाई कांग्रेसभित्र उनी कमजोर बन्दै गरेको देखाउ“छ ।

दुई दिनसम्म चल्ने भेलामा मंगलबार उद्घाटन समारोहपछि बन्द शत्र सुरु हुनेछ ।

असार ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्