विश्वकप फुटबल : पनामाविरुद्ध बेल्जियम ३–० ले अगाडी

विश्वकपमा पहिलो पटक सहभागीता जनाएको पानामाविरुद्ध बेल्जियम हावि भएको छ ।

पहिलोहाफ गोलरहित खेले पनि दोश्रोहाफ पानामाका लागि खराब रहयो । सुरुमै ४७ औं मिनेटमा मेर्टेन्सले गोल गरेर वेल्जियमलाई १–० को अग्रता दिलाए । ६९ औं मिनेटमा लुकाकुले क्रसबललाई उत्कृष्ट हेडमार्फत अग्रता दाेबर पारे । ७५ अाैं मिनेटमा लुकाकुले गाेल थप्दै ३-० काे अग्रता दिलाएका हुन् ।

समूह जी मा रहेका यी टोलीको खेल रुसको सोचीमा चलिरहेको छ । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रुस विश्वकपअघि निकालेको बरियतामा बेल्जियम तेस्रो स्थानमा छ । यस्तै पानामा ५५ औँ स्थानमा छ ।

यी दुई टोलीबिच यसअघि भेट भएको थिएन । बेल्जियमको यो विश्वकपमा १३ औँ सहभागिता हो । उसले यसअघि सेमिफाइनलसम्मको यात्रा तय गरेको छ । सन् १९८६ को विश्वकपमा बेल्जियम चौथो भएको थियो ।

 

असार ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्