विश्वकप फुटबल : इंग्ल्याण्ड १–१ ट्युनिसिया

विश्वकप फुटबल अन्तरगत समुह चरणको पहिलो खेलमा इंग्ल्याण्ड र ट्युनिसियाबिच १–१ को बराबरी भएको छ । खेलको पहिलो हाफ चलिरहँदा सुुरुमा इंग्ल्याण्डले अग्रता लिएपनि पेनाल्टि पाएपछि ट्युनिसिया खेलमा फर्किएको हो ।

ट्युनिसियाका गोल रक्षकले पन्ज गरेर फर्किएको बललाई कप्तान ह्यारी केनले ११ औं मिनेटमा गोलमा परिणत गरिदिए ।

तर ३४ औं मिनेटमा ट्युनिसियाले पेनाल्टि पायो र ससिले गोल गरे ।

यी दुई टोलीबिच अहिलेसम्म दुईपटक मात्रै भेट भएको छ । पछिल्लो पटक विश्वकप पूर्वको अभ्यास खेलमा इंग्ल्याण्ड विजयी भएको थियो । मार्सेइलीमा भएको खेलमा ट्युनिसिया २–० ले पराजित भएको थियो ।

त्यसअघि सन् १९९० मा भएको मैत्रीपूर्ण खेलमा भने १–१ को बराबरी भएको थियो । विश्वकपमा भने यी दुई टोली पहिलो पटक प्रतिस्पर्धा गरेका हुन् ।

असार ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्